प्रस, वीरगंज, १७ साउन/
वीरगंज महानगर–१६ बसपार्क अहिले दुव्र्यसनीहरूको अखडा बनेको छ । सो क्षेत्रमा लागूऔषधको कारोबार बढेपछि दैनिकरूपमा छिटपुटदेखि ठूला घटनाहरू भइरहेका बस व्यवसायीहरूले बताएका छन् ।
बसपार्क क्षेत्रमा एक हप्तामा दुईजनाको शव बरामदले हुनु पुष्टि गर्छ । बुधवार बिहान नगवाको खानेपानी पर्खालनजीकै सोही ठाउँका ३० वर्षीय नजिम मियाँको शव बरामद भएको छ ।
गत बिहीवार नगवा पोखरीनजीक भारत रक्सौल निवासी अनिल खेतानको शव तीन दिनपछि फेला परेको थियो । बसपार्कमा प्रहरी युनिट छ तर दुवै घटनाबारेमा अहिलेसम्म तथ्य कुरा बाहिर आउन सकेको छैन ।