प्रस, वीरगंज, ४ साउन/

पूर्वाधार विकास कार्यालय, पर्साले रु एक अर्ब ४२ करोड २४ लाख बजेटमध्ये रु २३ करोड ३१ लाख ८९ हजार ३७० खर्च हुन नसकेको जनाएको छ।

आव २०७९/८० मा पूर्वाधार विकास कार्यालय, पर्सा अन्तर्गत पर्सा, बारा, रौतहटमा सडक निर्माण, सरसफाइ, सार्वजनिक निर्माण कार्यलगायतका लागि रु एक अर्ब ४२ करोड २४ लाख विनियोजन भएकामा रु एक अर्ब १७ करोड ९८ लाख ७२ हजार ६२९ खर्च भएको र बाँकी रकम खर्च हुन नसकेको सो कार्यालयले जनाएको छ। सडक तथा पुल निर्माणमा ७२ करोड ७९ लाख विनियोजित भएकामा ५७ करोड ७२ लाख ९३ हजार ८७९ खर्च भएको, यसैगरी सरसफाइ संरचना निर्माणमा छ करोड ७५ लाख रकम विनियोजन भएकामा ९३ लाख ५३ हजार ४७४ खर्च भएको र अन्य सार्वजनिक निर्माण कार्यका लागि ६२ करोड पाँच लाख रकम विनियोजित भएकामा ५८ करोड ८८ लाख सात हजार ७२० खर्च भएको र पूँजीगत अनुसन्धान तथा परामर्शका लागि ६५ लाख विनियोजि रकममध्ये ६२ लाख सात हजार ९४६ खर्च भएको पूर्वाधार विकास कार्यालय, पर्साले जानकारी गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here