प्रस, परवानीपुर, ३ साउन/
पर्साको धार्मिक पर्यटकीय स्थलको रूपमा चिनिने दुग्धेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि औपचारिकरूपमा मेला शुभारम्भ भएको छ । यस वर्ष दुई मासको साउन लागे तापनि प्रारम्भिक चरणमा पर्सा राष्ट्रिय निकुञ्जले मन्दिर प्रवेश एवं दर्शन गर्न एक महीनाको लागि मात्र मेला लगाउन स्वीकृति दिएको निकुञ्जका प्रमुख संरक्ष्Fण अधिकृत अशोक रामले बताए ।

श्रद्धालुहरूको भीडभाड लागिरह्यो र मेला दुई महीना लम्बिने अवस्था देखिएमा स्वीकृतिको एक महीनाको समयावधिलाई दुई महीना गर्न सकिने बताए । पर्सा राष्ट्रिय निकुञ्जको कोर एरियामा पर्ने भएकोले वैशाख, साउन, र माघ गरी तीनपटक उक्त मन्दिरमा प्रवेश निश्शुल्क गर्ने गरिएको छ र सोही समयमा रामभौरीभाटामा मेला लाग्ने गरेको मेला समितिका अध्यक्ष गगनदेव पटेलले बताए ।

उनले मेलामा सोमवार, शुक्रवार र शनिवार गरी तीन दिन बढी भीड हुने गरेको र अन्य दिन सामान्य भीड रहने गरेको बताए । मन्दिर निर्माण समितिका अध्यक्ष्F अलखदेवप्रसाद चौधरीका अनुसार पोहोर मन्दिर दर्शनको लागि चढ्ने र उत्रिने एउटै भ¥याङ रहेकोमा यस वर्ष चढ्ने र ओर्लिने थप एक बाटो बनाइएको कारण मन्दिर दर्शनमा सहजता हुने बताए ।

सोमवारका दिन ५० हजारभन्दा बढी श्रद्धालुको सहभागिता हुने मेलामा मन्दिरमा दिनकै रु एक लाखभन्दा बढीको भेटी चढ्ने गरेको र सोही भेटीको रकमबाट मन्दिरको पूर्वाधार, बाटो, धर्मशाला, पुजारी व्यवस्थापनलगायतका खर्च बेहोर्ने गरिएको मेला समितिले जनाएको छ ।
साउनमा लाग्ने यो मेलामा हरेक सोमवारका दिन आप्mनो व्यक्तिगत खर्च एवं सामूहिक चन्दाबाट उठाइएको खाद्यान्नले मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजनको लागि निश्शुल्क भोजन (भण्डारा)को व्यवस्था हुने गरेको छ । विन्ध्यवासिनीका शिवपूजन कलवार, वीरगंज आदर्शनगरका शारदाशङ्कर कलवार, वीरगंज–१ बजार छपकैयाका शिवकुमार गुप्तालगायतको समूहले निश्शुल्क भोजन (भण्डारा) चलाउने गरेको छ ।

मेला व्यवस्थापनको लागि मेला समिति र निर्माण समितिले पटेर्वासुगौली गाउँपालिका–१ सोनवर्षादेखि करीब ११ किलोमिटर दूरीमा रहेको मन्दिर परिसरसम्मै पक्की बाटो निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । साथै खानेपानी एवं बिजुली, चर्पीसहितको सुविधासम्पन्न धर्मशालालगायतका भौतिक संरचना निर्माण गर्दा उक्त स्थानमा आवागमन सहज हुने आशा रहेको छ । तर निकुञ्ज प्रशासनले सो क्ष्Fेत्रमा पक्की काम गर्न र मेला लगाउँदा वन्यजन्तुको वासस्थानमा खलल पुग्ने भएकोले निर्माण एवं मेला समितिको कामलाई नियन्त्रण गर्दै आएको छ ।

भाटा खोलाको पानी खाएपछि पाचन प्रणाली तेज हुने श्रद्धालु भक्तजनहरूको विश्वास रहेकाले उक्त मेलामा दाल, भात, तरकारी, खाजा त्यही खोलाको पानीले बन्ने, श्रद्धालु भक्तजनहरूले त्यही पानी पिउने र उपयोग गर्ने गर्छन् । उक्त मेलामा तीन सयदेखि पाँच सयवटा स्टल राखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here