प्रमोद यादव, पंचगावाँ, ३ साउन/
नेपाल शिक्षक महासङ्घ पटेर्वासुगौली गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट राजेश्वर प्रसादको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

कार्यसमितिको सहअध्यक्ष राजकुमार साह, महिला उपाध्यक्ष नीरमाया आले, उपाध्यक्ष मनोहर गौरो, सचिव सुभाषप्रसाददास थारू, सहसचिव प्रमोदकुमार यादव, सहसचिव (अर्थ) दिपनप्रसाद, सहसचिवान (संस्थागत) देवेन्द्रप्रसाद साह, रामरूपप्रसाद यादव र चन्दन साह चयन भएका छन् ।

यसैगरी, सदस्यहरूमा सुरेन्द्र यादव, रामलखन राय, रमेशकुमार आले, प्रमिला कुमारी, दुखाप्रसाद ओझैया, आनन्द राय र रामप्रसाद दास रहेका छन् ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको पदस्थापना तथा शपथग्रहण गरिएको नेपाल शिक्षक सङ्घका जिल्ला सचिव हरिराजप्रसाद यादवले जानकारी दिए । शिक्षक महासङ्घका पूर्वअध्यक्ष अध्यक्ष मोहनदास थारूको अध्यक्षता तथा गापा अध्यक्ष दिनेशप्रसाद चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडाध्यक्षहरू फरमान मियाँँ, माधव राउत र वासु पञ्जियार, नेपाल शिक्षक महासङ्घ, पर्साका अध्यक्ष तीर्थराज यादव, सचिव विनोद गिरी, नेपाल शिक्षक सङ्घ, पर्साका अध्यक्ष प्रदीप जैसवाललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here