बेइजिङ, १४ असार/सिन्हवा
चीनसँग सम्बन्ध न्युजिल्यान्डका लागि अतुलनीय महत्वपूर्ण रहेको न्यूजिल्यान्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले बताएका छन् । चीन भ्रमणमा रहेका क्रिसले बेइजिङमा आयोजित कार्यक्रममा बुधवार दुर्ई देशबीच निकै रचनात्मक र सकारात्मक सम्बन्ध रहेको बताएका छन् ।
सिन्ह्वाले सोधेको प्रश्नको उत्तर दिंदै ून्युजिल्यान्ड र चीन सम्बन्ध न्युजिल्यान्डका लागि अविश्वसनीयरूपमा महत्वपूर्णू रहेको धारणा व्यक्त गरेका हुन् ।
“हाम्रो सम्बन्धलाई हामीसँग सम्झौता भएका क्षेत्र र हाम्रा साझा चासोहरूद्वारा व्यापकरूपमा परिभाषित गर्न सकिन्छ”– उनले भने । कोभिड–१९ को महामारीबाट बाहिर निस्किंदै न्युजिल्यान्डले चीनसँग आर्थिक गतिविधि पुनः स्थापना गर्नु प्राथमिकतामा रहेको हिपकिन्सले बताएका छन् । प्रधानमन्त्री हिपकिन्सले भने–“चीन पहिलेदेखि नै न्युजिल्यान्डको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएकोले द्विपक्षीय व्यापारलाई अझ विस्तार गर्ने आशा राखेको छ ।
चीनसँग व्यापारको दायरा विस्तार गर्ने सम्भावनाबारे उत्साहित हुँदै उनले भने–“द्विपक्षीय शिक्षा सम्बन्ध ‘धेरै राम्रो’ रहेको र दुर्ई देशबीच शिक्षा सहयोगलाई थप बढावा दिन तत्पर रहनुपर्छ जसबाट दुवै देश लाभान्वित हुन सकून् ।”
“हामी विश्वमा उत्कृष्ट पर्यटकीय अनुभव प्रदान गर्दछौं । हामीसँग सुन्दर देश छ र हामी विश्वभरका मानिसहरूसँग साझेदारी गर्न चाहन्छौं”–हिपकिन्सले भने–“चिनियाँ पर्यटकहरूको सङ्ख्या देखेर हामी धेरै उत्साहित छौं । यो सङ्ख्या निरन्तर बढ्दै गएको छ ।”
प्रधानमन्त्री हिपकिन्स जून २५ देखि ३० सम्म चीनको भ्रमणमा छन् । यस अवधिमा उनले उत्तरी चीनको बन्दरगाह शहर टियाङ्जिनमा समर डाभोस फोरम भनेर चिनिने नयाँ च्याम्पियनहरूको १४ औं वार्षिक बैठकमा भाग लिंदैछन् । रासस