प्रस, वीरगंज, ३२ जेठ/

बाराको देवताल गाउँपालिका–४ मा एकजना कामदारको करेन्ट लागेर मृत्यु भएको छ। नेरामावि पिप्राढीमा भवन निर्माणको क्रममा भाइब्रेशन मेशिन चलाउने क्रममा स्थानीय सुनील रामको मृत्यु भएको हो।

उनले चलाएको भाइब्रेशन मेशिनको तार ठाउँ–ठाउँमा जोडिएको र सोहीबाट करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। रामका पिता धवल रामले ठेकेदारको लापरवाहीले छोराको मृत्यु भएको आरोप लगाए। उनले सङ्लो तार भाइब्रेशन मेशिनमा नराखिएको र ठाउँ–ठाउँमा जोडिएको तार प्रयोग गर्दा करेन्ट लागेर छोराको मृत्यु भएको बताए।

विद्यालय भवन निर्माणको ठेक्का वीरगंजको ताज कन्स्ट्रक्शनले लिएको बुझिन आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here