प्रस, पंचगावाँ, ३२ जेठ/
बहुदरमाई नगरपालिकाका विभिन्न वडामा महिला हिंसा र बालविवाहविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ। बहुदरमाई नपाको आर्थिक सहयोग र सृजनशील शिक्षा विकास केन्द्रको आयोजनामा वडा नं ३, ४, ५ र ७ मा सडक नाटक प्रदर्शन गरिएको हो।
कार्यक्रममा नगरप्रमुख सिंहासन साहले महिला हिंसा, बालविवाह, दाइजोजस्ता कुप्रथा अन्त्यका लागि सबै लाग्नुपर्ने बताए। उनले कुरीति र कुप्रथाविरुद्ध समाजमा जनचेतना फैलाउन सडक नाटक उपयुक्त माध्यम भएको बताए। कार्यक्रममा संस्थाकी सुस्मिता चौधरी, समाजसेवी विपिन यादव, जसपा नगर कमिटी सदस्य प्रमोद यादव, समाजसेवी ओकील यादवलगायतको सहभागिता थियो।