प्रस, वीरगंज, ३२ जेठ/

वीरगंज महानगरपालिकाको सहयोग र सृजनशील शिक्षा विकास केन्द्र प्रालिको आयोजनामा २० दिने सेनेटरी प्याड बनाउने तालीम शुरू भएको छ।

तालीमको अन्नपूर्ण मानन्धरले उद्घाटन गरेकी थिइन्। तालीममा वडा नं १० का ३० जना महिला सहभागी छन् भने उनीहरूलाई पार्वती ठकुरी, प्रीति गुप्ताले प्रशिक्षण दिंदैछन्।

पार्वती ठकुरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा आर्थिक विकास महाशाखाका प्रमुख प्रतिज्ञा वैद्य, प्रशासन शाखा प्रमुख राजकृष्ण ताम्राकार, लेखा शाखाबाट सुधीरजङ्ग राणा, विक्रम नगरकोटी, आशिषकुमार यादव, सुशीला भण्डारी, यशोदा गजुरेल, अरुणा मानन्धर, प्रेरणा श्रेष्ठलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here