प्रस, वीरगंज, १८ जेठ/
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले पत्रकारितामा पनि केही विकृति रहेको र त्यसलाई सुधार गर्नुपर्ने बताएका छन् ।
रेडियो वीरगंजले आयोजना गरेको उद्घोषण तथा आधारभूत पत्रकारिता तालीम समापन कार्यक्रममा बोल्दै नगरप्रमुख सिंहले पत्रकारिताको विकासको लागि महानगर सदैव सहयोग गर्न इच्छुक रहेको र यसका लागि पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घलाई योजना पेश गर्न आग्रह गरे ।
रेडियो वीरगंजका अध्यक्ष धु्रव साहको अध्यक्षतामा भएको समापन कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्य, प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, वीउवासङ्घका पूर्वअध्यक्ष अशोक बैद, नेपाल पत्रकार महासङ्घ, मधेस प्रदेशका महासचिव श्याम बन्जारालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण धु्रव अधिकारीले गरेका थिए ।