नितेश कर्ण, वीरगंज, जेठ १७/

वीरगंज महानगरमा सञ्चालित निजी विद्यालयहरूले महानगरको आदेशको उल्लङ्घन गरिरहेका छन् । महानगरमा सञ्चालित विद्यालयहरूका बस एकै रङ (पहेंलो रङ)को हुनुपर्नेमा महानगरले निजी विद्यालयहरूलाई सोही रड्ढो बस सञ्चालन गर्न बारम्बार ताकेता गरे पनि निजी विद्यालयहरूले महानगरको निर्देशनको पालना गरेको पाइएको छैन ।

यसअघि प्रतीक दैनिकले समाचार प्रकाशित गरेपछि महानगरले पुनः निजी विद्यालयलाई पहेंलो रड्ढो सवारीसाधन प्रयोग गर्न परिपत्र गरेको थियो तर अहिले वीरगंज महानगरमा नाम चलेका निजी विद्यालयहरूले पनि महानगरको सो निर्देशनविपरीत जथाभावीरूपमा ईरिक्शा, जीप, कार, बस, सिटीराइडलगायतका सवारीसाधनमा विद्यार्थीहरू ओसारपोसार गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here