प्रस, निजगढ, ११ जेठ/

कोल्हवी नगरपालिकाद्वारा आर्थिक वर्ष २०७९/८० मा नदीजन्य पदार्थ (दहत्तर बहत्तर)को ठेक्का बन्दोबस्ती गरे पनि सम्बन्धित निकायले प्रभावकारी चासो नराख्दा ठेकेदारको मनोमानी बढेको छ ।

मापदण्डविपरीत एक्साभेटरको प्रयोग गर्दै नदीजन्य पदार्थको मनलाग्दी उत्खनन, दोहन मात्र होइन, थप एक्साभेटरसमेत प्रयोग गर्दै नदीजन्य पदार्थको दिनदहाडै दोहन गरेपछि  नागरिकहरूको बारम्बारको दबाब जिल्लाका सम्बन्धित निकायले थेग्न नसकेपछि बाध्य भई प्रहरीले एक्साभेटर बुधवार साँझ खोलाबाट नियन्त्रणमा लिनुपरेको थियो ।

बाराको कोल्हवी नगरपालिकाद्वारा लगाइएको नदीजन्य पदार्थ (दहत्तर बहत्तर)को उत्खननका लागि दुईवटा एक्साभेटर मात्र प्रयोग गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर यहाँ ठेकेदारले तीनवटा एक्साभेटर प्रयोग गरेसँगै मापदण्डविपरीत प्रयोग भएका एक्साभेटरलाई इलाका प्रहरी कार्यालय, निजगढले पक्राउ गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढमा राखेको ट्राफिक प्रहरी निरीक्ष्Fक सुरेशकुमार ठाकुरले बताए ।

ठेकेदार कम्पनीले कोल्हवी नगरपालिकासँग बा.३क ३३२ नम्बर र ना.१क ८१३४ नम्बरका दुईवटा एक्साभेटर प्रयोग गर्ने जनाए पनि बा.३क ३३०८, बा.१क८०८०, बा.३क३१०८ नम्बरका एक्साभेटरद्वारा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेपछि ठेकेदारको कर्तुत अझै उदाङ्गो भएको हो । मापदण्डविपरीत कार्य गर्ने ठेकेदार कम्पनीलाई कानूनी दायरामा ल्याउने कोल्हवी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरीले बताए पनि मापदण्डविपरीत उत्खनन भने हुन छोडेको छैन ।

दुर्ई दिनअघि आफूसहित इलाका प्रहरी कार्यालय, कोल्हवीका प्रमुख, नगरपालिकाका प्राविधिकसहितको टोलीले खोलाको अनुगमन गर्दा दुर्ईवटा मात्र एक्साभेटर भेटिएको र मापदण्डविपरीत खोला नखन्न आफूले अपरेटरलाई सचेत गराएको नगरप्रमुख चौधरीले बताए ।

त्यसैगरी, आर्थिक वर्ष २०७४/७५ मा तत्कालीन नगरप्रमुख भरतबहादुर भण्डारीको कार्यकालदेखि नदीजन्य पदार्थ ठेक्का सकार गर्ने केही कम्पनीहरूबाट लगभग नौ करोड बाँकी बक्यौता कोल्हवी नगरपालिकाले असुलउपर गर्नुपर्ने देखिएको छ । नपामा पटक–पटक सर्वदलीय बैठक बसेर केही रकम असुल उपर गरे पनि अझै उक्त रकम उठ्नुपर्ने भएपनि सो रकम अहिलेसम्म पनि भुक्तानी नभएसँगै जिल्ला प्रशासन कार्यालय, बारामा आवश्यक कागजात पेश गरी नदीजन्य पदार्थको बाकी बक्यौता रकम ठेकेदार कम्पनीहरूबाट असुल उपर गर्नेतर्फ कोल्हवी नपाले सबै कार्य पूरा गरी प्रक्रिया अघि बढाउने अन्तिम तयारी गझेको नगरप्रमुख चौधरीले जानकारी दिए ।

नदीजन्य पदार्थको ठेक्का सकार गर्ने अधिकांश व्यक्ति उही रहे पनि ठेक्का हात पार्न कानूनी छिद्रतालाई छल्दै फरकफरक फर्मद्वारा नगरपालिकाले बन्दोबस्ती गर्ने नदीजन्य पदार्थको ठेक्का हात पार्दै आइरहेको पाइएको छ । यत्रो रकम नगरपालिकाले उठाउन नसक्दा नसक्दै पनि फेरि उही व्यक्तिहरूलाई ठेक्का दिनु जनप्रतिनिधिहरू पनि शङ्काको घेरामा परेको नागरिकको भनाइ छ । यता ठेकेदारहरूले कानूनी छिद्रतालाई पहिल्याउँदै ठेक्का हात पार्ने गरेकाले रोक्न नसकिएको जनप्रतिनिधिहरू बताउँछन् ।

ठेकेदार कम्पलीले जेठ मसान्तसम्ममा मात्र खोला उत्खनन गर्न पाउने कानूनी प्रावधान भएसँगै समयावधि सकिन थालेसँगै बारामा नदीजन्य पदार्थको अचाकक्ली उत्खनन झ दोहन भइरहे पनि जिल्ला अनुगमन समिति, बारा प्रहरी, प्रशासन पछिल्लो समय मूकदर्शक बन्दै आइरहेका छन् । प्रारम्भिक वातावरणीय प्रभाव प्रतिवेदन अर्थात् आइइई रिपोर्ट अनुसार दैनिक तीन सय घनमिटर अर्थात् बढीमा दश चक्के टिपरले २८ टिपर नदीजन्य पदार्थ उत्खनन, ओसारपसार, सङ्कलन गर्नुपर्ने उल्लेख छ । तर यहाँ दैनिक ३ सयदेखि ५ सय टिपर अर्थात् ३ हजार ६०० घनमिटरदेखि ६ हजार घमिटर नदीजजन्य पदार्थ खोलाबाट उत्खनन गर्ने गरेका छन् । यसतर्फ सम्बन्धित निकाय सबै चुपचाप छन् ।

गत फागुन १५ गते कोहल्वीको भीम सखुवा आसपासको एक स्थान मात्र जिल्ला समन्वय समितिका अध्यक्ष नरेन्द्र कुमार साह, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, प्रहरी उपरिक्षण होविन्द्र बोगटी, सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डँगी, राष्ट्रिय अनुसन्धान कार्यालय बाराका प्रमुख अभिनय सिंहसहितको स्थानीय सुरक्षा निकायको टोलीले अनुगमन गरेका थिए । मापदण्ड अनुसार एक मिटर गहिराइ खन्नुपर्नेमा १.५० मिटरदेखि १.८२ मिटर सम्म नदीजन्य पदार्थ उत्खनन गरेको पाइएपनि अहिलेसम्म ठेकेदार कम्पनीलाई कानूनी कारबाई गरेका छैनन् ।  त्यस बेला मापदण्डविपरीत उत्खनन गर्ने ठेकेदार कम्पनीलाई अहिलेसम्म किन ? कानूनी कारबाई गरिएन । सम्बन्धित निकायहरूलाई आम सचेत नागरिकहरूले प्रश्न गरिरहेका छन् ।

यस वर्ष कोहल्वी नगरपालिकाले ५७ लाख ११ हजार ८३५.५२ घनफिट नदीजन्य पदार्थको न्यूनतम ठेक्का सकार रकम तीन करोड ९९ लाख ८२ हजार ८४८ रुपियाँ ६९ पैसा तोकेको थियो । जसको ठेक्का चाझ करोड एक रुपियाँमा लागेको हो ।

यस महीनाको पहिलो सातासम्ममा ठेकेदारले नदीजन्य पदार्थ ३७ लाख ४४ हजार ७०० घनफिट उत्खनन गरेको ठेकेदारले कोल्हवही कोल्हवी नपालाई अनलाइनमार्फत रेर्कड उपलब्ध गराइएको लेखा अधिकृत सुरेन्द्रप्रसाद चौधरीले जानकारी दिए । यसरी अनलाइन बिलिङमा ठेकेदारलाई उक्त परिणाम देखाईएपनि ठुलो परिमाणको नदीजन्य पदार्थ चुवाहट भएको स्रोतले जनाएको छ ।

पछिल्लो केही सातायतादेखि कोल्हवीका ठेकेदारद्वारा बकैया खोला उत्खनन गरिएका नदीजन्य पदार्थ निजगढ नपाका ९ नम्बर वडामा रहेका अधिकांश क्रसर उद्योगहरूमा भित्रिएका छन् । यसरी अवैधरूपमा उत्खनन गरिएका नदीजन्य पदार्थलाई क्रसरमा भि¥्याउन क्रसर उद्योगहरूले ट्ण्(ाक्टर चालकलाई सङ्कलन पूर्जी अर्थात टोकन समेत वितरण गरेका छन् ।

निजगढ नपाले यस वर्ष लगाएको नदीजन्य पदार्थको ठेक्का बन्दोबस्तीमा ठेक्का नपरेपछि नदीजन्य पदार्थ उत्खनन गर्ने सहज कानूनी मार्ग बन्द हुन पुगेको थियो ।

यसरी यस वर्ष निजगढ नपा ४ र ९ मा क्रसर उद्योग, परिसर वा कंिकतै थुपारिएका नदीजन्य पदार्थ सबै अवैधानिक रहने स्प्रष्ट छ । यसरी दिन दहाडै कानूनविपरीत नदीजन्य पदार्थ उत्खनन, ओसारपसार, सङ्कलन गरे पनि निजगढ नपाले नियन्त्रणमा लिने प्रयास समेत गरेको छैन भने, जिल्ला अनुगमन समितिसमेत मौन देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here