प्रस, वीरगंज, ११ जेठ/

नेपाल शिक्षक महासङ्घ पर्सा र वीरगंज महानगरपालिकाबीच बिहीवार सहमति भएको छ ।

सहमतिपछि महासङ्घले सञ्चालन गरेको आन्दोलन फिर्ता लिएको छ र भोलि शुक्रवारदेखि पठनपाठन सुचारु हुने भएको छ ।

मावि तहका शिक्षकहरूको सरुवाको विषय लिएर आन्दोलित महासङ्घ शिक्षकहरू सरुवा भएको स्थानमा हाजिर हुन सहमतिमा पुगेको महानगरले जनाएको छ ।

सहमतिपत्रमा हाल सरुवा भएका ठाउँहरूमा शिक्षकहरू हाजिर हुने र समस्या भएका स्थानहरूमा एक महीनाभित्र उजूरी गरेर सो समस्याको समाधान गर्ने सहमति भएको महानगरपालिका कार्यालयले जानकारी गराएको छ ।

आज भएको सहमतिमा प्रअहरूको मासिकरूपमा बैठक बस्ने, आचारसंहिता लागू गर्ने, महानगरको शिक्षा समितिमा महासङ्घको प्रतिनिधि सहभागी रहने, दरबन्दी मिलान गरी अपुग शिक्षक, कर्मचारीको व्यवस्थापन गर्ने र कर्मचारी सरुवा गर्दा सुझाव दल गठन गर्ने निर्णय भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here