प्रस, वीरगंज, ७ वैशाख/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आइतवार नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय, श्रीपुरका प्रधानाध्यापकसहित २४ जना शिक्षकमाथि कारबाही गर्न निर्देशन दिएका छन् ।

उनले आज बिहान सो विद्यालयको आकस्मिक अनुगमन गरेका र सो क्रममा विद्यालयका प्रअसहित २४ जना शिक्षकले हाजिर नगरेको पाएपछि कारबाहीको लागि निर्देशन दिएका हुन् । महानगर शिक्षा महाशाखाले आइतवार नै नगरप्रमुखको अनुगमनका क्रममा हाजिर नगरेका प्रअ अनिल वर्णवालसहित २४ जना शिक्षकस“ग स्पष्टीकरण सोधेको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए । नगरप्रमुख सिंहको अनुगमनमा भने प्रअ वर्णवाल र शिक्षकहरू भेटिएका तर उनीहरूले हाजिर नगरेकाले स्पष्टीकरण सोधिएको शिक्षा महाशाखा प्रमुख कर्णले बताए ।

नगरप्रमुख सिंहले आजै वडा नं १४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालय र वडा नं ४ बिर्तास्थित त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम आधारभूत प्राविधिक विद्यालयको पनि अनुगमन गरेका थिए । यी दुवै विद्यालयमा यसै शैक्षिक सत्रदेखि अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरू छ । विद्यार्थीको पठनपाठन प्रभावित हुन नदिन विद्यालयमा देखिएको शिक्षक अभाव तत्काल पूर्ति गर्ने काम अघि बढाइने नगरप्रमुख सिंहले आश्वासन दिए । उनले अनुगमनको क्रममा विद्यमान विद्यार्थी सङ्ख्याको आधारमा कक्षाकोठाको अभाव देखिएको र सोको समाधान गरिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here