प्रस, रौतहट, ७ जेठ/
रौतहटका पत्रकार मेवालाल यादवलाई कोपवा छठघाटमा दुव्र्यवहार भएको छ । विवादित छठघाटको विषयमा समाचार सड्ढलन गर्न बौधिमाई नगरपालिका–५ कोपवा छठघाटमा पुगेका पत्रकार यादवलाई कृषिमन्त्री वसन्त कुशवाहाका भाइ सुवन्त कुशवाहा र मन्त्रीका स्वकीय सचिव अर्जुन कुशवाहाले दुव्र्यवहार गरेका थिए ।
पत्रकार यादवले आफू पत्रकार भएको र समाचार सड्ढलनका लागि आएको भनेर परिचयपत्र देखाउँदा पनि उनीहरूले भिडियो किन खिचेको भन्दै मोबाइल खोस्ने, अपशब्द प्रयोग गर्दै डरधाक, धम्की दिएको बताएका छन् ।
कृषिमन्त्री कुशवाहाले भाइ सुवन्त कुशवाहा र स्वकीय सचिव अर्जुन कुशवाहालगायतका गाउ“लेहरूलाई उक्साएर आफूप्रति दुव्र्यवहार गरिएको पत्रकार यादवले आरोप लगाएका छन् । उनले छठघाटको काममा कमसल इँटाको प्रयोग भएको सूचनाको आधारमा आफू समाचारका लागि सो क्षेत्रमा गएको बताए ।
घटनाबारे पत्रकार यादवले स्थानीय प्रहरी चौकी र नेपाल पत्रकार महासङघ रौतहट शाखालाई जानकारी गराएको बताए ।