प्रस, पोखरिया, ६ जेठ/

ग्रामीण पत्रकार समाज, पर्साको अध्यक्षमा धर्मेन्द्र चौरसिया चयन भएका छन् । पर्साको ग्रामीण भेगमा रही पत्रकारिता गर्दै आएका पत्रकारहरूको भेलाले चौरसियाको अध्यक्षतामा १३ सदस्यीय ग्रामीण पत्रकार समाज, पर्साको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

पर्साको प्रमुख पर्यटकीयस्थल ठोरीको राईधारामा शनिवार सम्पन्न भेलाबाट ग्रामीण पत्रकार समाजको उपाध्यक्ष प्रमोद यादव, उपाध्यक्ष (समावेशी) ओमप्रकाश चौधरी, सचिव बलिराम शुक्ल, सहसचिव राजन बनिया र शाहरूख मन्सुरी तथा कोषाध्यक्षमा कृष्णमोहन साह चयन भएका छन् । यस्तै, सदस्यमा माधव तिमिल्सिना, चिरञ्जीवी सापकोटा, रामकिशोर चौधरी, रामजी यादव, चन्द्रशेखर प्रजापति र मिनी पञ्जियार पनि सर्वसम्मत चयन भएका छन् ।

नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीको प्रमुख आतिथ्यमा भएको भेलामा खड्गबहादुर  श्रेष्ठ (प्रताप)लगायतका पत्रकारहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here