प्रस, वीरगंज, २१ वैशाख/
वीरगंज महानगरपालिकाले चालू आवको वैशाख १९ गतेसम्म ३५ करोड ६७ लाख ७ हजार राजस्व सङ्कलन गरेको राजस्व महाशाखा प्रमुख मनोज कर्णले बताए ।
महानगरको राजस्व पनि यो वर्ष प्रभावित भएको छ । गत वर्षको तुलनामा यो वर्ष दुई करोड ६५ लाख ४८ हजार ९१६ कम राजस्व सङ्कलन भएको छ । गत वर्ष वैशाखसम्म ३८ करोड ३२ लाख ५६ हजार ८५९ राजस्व सङ्कलन भएको थियो ।
महानगरले चालू आव २०७९/८० मा ५५ करोड राजस्व सङ्कलनको लक्ष्य लिएको र वैशाखमा ६४.८६ प्रतिशत राजस्व सङ्कलन भएको महाशाखा प्रमुख कर्णले बताए ।
उनले गत वर्ष ५६ करोड ४७ लाख ४७२ लक्ष्य रहेकोमा ५१ करोड २२ लाख २४ हजार ४८५ सङ्कलन भएको बताए । यस वर्ष सम्पत्ति कर, भूमिकर/मालपोत, पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर, बहाल बिटौरी कर, अन्य मनोरञ्जन कर, अन्य स्रोतबाट बाँडफाँट नहुने रोयल्टी, निजी धाराबापतको शुल्क, नक्शापास दस्तुर, सिफारिश दस्तुरजस्ता शीर्षकमा गत वर्षको तुलना यस वर्ष राजस्व कम सङ्कलन भएको छ ।
गत वर्ष सम्पत्ति करबाट महानगरले वैशाख १९ गतेसम्म १४ करोड चार लाख ९० हजार १६१ सङ्कलन गरेको थियो भने यस वर्ष उक्त अवधिमा १३ करोड ५५ लाख ३२ हजार ५८० राजस्व सङ्कलन गरेको छ । भूमिकर/मालपोतमा गत वर्ष ८२ लाख ६८ हजार ७६३ सङ्कलन भएको थियो भने यस वर्ष ७४ लाख ९९ हजार १६७, बहाल बिटौरीकरमा १८ लाख ८२ हजार सङ्कलन भएको थियो भने यस वर्ष सात लाख ३८ हजार ९०४ मात्र सङ्कलन भएको छ ।
पूर्वाधार सेवाको उपयोगमा लाग्ने करमा गत वर्ष तीन करोड २८ लाख ७१ हजार सङ्कलन भएको थियो भने यस वर्ष २५ हजार ४१५ मात्र सङ्कलन भएको छ । अन्य मनोरञ्जन कर गत वर्ष दुई लाख तीन हजार सङ्कलन भएको थियो भने यस वर्ष शून्य छ ।
अन्य स्रोतबाट बाँडफाड नहुने रोयल्टी गत वर्ष ७१ लाख ६६३ सङ्कलन भएको थियो भने यस वर्ष ६६ लाख २५ हजार पाँच सय सङ्कलन भएको छ । नक्शापास दस्तुरबापत गत वर्ष चार करोड ४१ लाख ४३ हजार ५९९ सङ्कलन भएको थियो भने यस वर्ष दुई करोड ७९ लाख ७५ हजार ७०७ मात्र सङ्कलन भएको छ ।
सिफारिश दस्तुर एक करोड ५४ लाख ३२ हजार ६३९ सङ्कलन भएको थियो भने यस वर्ष एक करोड ३७ लाख चार हजार ४७३ सङ्कलन भएको छ । महानगरको आन्तरिक राजस्वमा यी शीर्षकमा राजस्व कम उठेको छ भने घरबहाल कर, सवारीसाधन कर, विज्ञापन कर, व्यवसाय रजिस्टे«शन कर, आखेटोपहार कर, सरकारी सम्पत्ति बहालकर, अन्य सेवा शुल्क, परीक्ष्Fा शुल्क, अन्य प्रशासनिक सेवा शुल्क, पार्किङ शुल्क, व्यक्तिगत घटना दस्तुर, नाता प्रमाणित, प्रशासनिक दण्ड जरिवाना र बेरुजू असुलीमा पनि वृद्धि भएको छ ।
महानगरले घरबहालबाट गत वर्षभन्दा यस वर्ष एक लाख २८ हजार ६०२ बढी सङ्कलन गरेको छ । यसैगरी, सवारीसाधन करबाट १३ लाख ८८ हजार, विज्ञापन करबाट छ लाख ३५ हजार ५५४, व्यावसायिक रजिस्टे«शन दस्तुरबाट ७४ लाख ८० हजार ८८०, आखेटोपहार करबाट एक करोड २३ लाख ८५ हजार ३४७, सरकारी सम्पत्ति बहालबाट ५७ लाख ४५ हजार १५२, अन्य सेवाशुल्कबाट दुई लाख ८३२, परीक्ष्Fा शुल्कबाट सात लाख ११ हजार ८६०, अन्य प्रशासनिक सेवा शुल्कबाट छ लाख ७६ हजार ११३, पार्किङ शुल्कबाट एक लाख ९४ हजार ६६०, व्यक्तिगत घटना दस्तुरबाट एक लाख ८६ हजार ७४८, नाता प्रमाणित दस्तुरबाट तीन लाख चार हजार, अन्य दस्तुरबाट दुई लाख ४९ हजार, प्रशासनिक दण्ड जरिवाना जफतबाट १२ लाख, बेरुजूबाट दुई लाख ५२ हजार ४८७ गत वर्षको तुलनामा महानगरले यी शीर्षकमा बढी राजस्व सङ्कलन गरेको राजस्व महाशाखा प्रमुख कर्णले बताए । उनले चालू आवको ७४ दिन बाँकी रहेको र यो अवधिमा करीब ५० करोडसम्म राजस्व सङ्कलन हुन सक्ने बताए । आर्थिक मन्दीको कारण महानगरको राजस्व प्रभावित भएको तथ्याङ्कबाट देखिन्छ ।