• विश्वराज अधिकारी

व्यवस्थाको देश

अमेरिका व्यवस्था भएको देश हो भन्ने गरिन्छ । यस्तो किन भनिएको हो भने अमेरिकामा कुनै पनि कार्य व्यवस्थित किसिमले गरिन्छ । योजनाबद्ध किसिमले गरिन्छ । कम श्रम लगाएर गरिन्छ, बढी प्रतिफल पाउने किसिमले कार्य गरिन्छ । काम गर्दा लागत कम गर्ने प्रयास जहिले पनि गरिन्छ ।

कुनै पनि किसिमका कार्य गर्दा वा गरिएका कार्यहरूको अभिलेख राखिन्छ । विकास गरिएको व्यवस्था र राखिएको अभिलेख प्रयोग गरेर सेवाग्राहीलाई बढीभन्दा बढी सेवा प्रदान गरेर अति सन्तुष्ट राख्ने प्रयास गरिन्छ ।

उदारणको रूपमा अमेरिकामा यदि कुनै सैलुनमा पुगेर कुनै व्यक्तिले कपाल काट्ने हो भने कपाल काट्ने उक्त व्यक्तिको कपाल कटाइको त्यो सैलुनले अनेक किसिमको अभिलेख राख्छ । कपाल काट्ने व्यक्तिको नाम, टेलिफोन नम्बर, निवासको ठेगाना आदिको अभिलेख राख्छ । साथै उक्त व्यक्तिले कस्तो किसिमको अर्थात् कति लामो वा कति छोटो कपाल काटेको हो भन्ने कुराको पनि अभिलेख राख्छ । कस्तो किसिम (डिजाइन)को कपाल काटेको हो, सोको पनि अभिलेख राख्छ । वर्षभरिमा कतिपटक कपाल काट्यो भन्ने कुराको पनि अभिलेख राख्छ । यदि कपाल रङ्गाएको हो भने कुन रङ्ग भन्ने कुराको पनि अभिलेख राख्छ । यसरी विभिन्न किसिमका अभिलेखहरू राखेर, सेवाग्राहीले कुनै किसिमको जानकारी माग गरेमा, जस्तै पछिल्लोपटक कति सानो गरी कपाल काटेको थियो, त्यस्तो जानकारी पनि दिन्छ ।

कपाल काट्ने उक्त सैलुनसँग विभिन्न ग्राहकहरूबारे अनेक किसिमको अभिलेख भएकाले उक्त सैलुनले ग्राहकसम्बन्धी आफूसँग रहेको जानकारी आफ्नो व्यवसाय वृद्धिका लागि प्रयोग गर्न सक्छ । कसरी ? आफ्नो सैलुनमा कुन ग्राहक बढी कपाल काट्न आएको हो भन्ने कुरा अभिलेखबाट पत्ता लगाएर उक्त ग्राहकलाई वर्षमा एक वा दुईपटक निश्शुल्क कपाल काटिदिने ‘कूपन’ पठाउन सक्छ । यसैगरी, धेरैपटक कपाल काट्न आफ्नो सैलुनमा आउने ग्राहकलाई बीस वा तीस प्रतिशत शुल्कमा छुट दिने ‘कूपन’ पठाउन सक्छ ।

कपाल काट्ने सम्बन्धमा पनि व्यवस्थाको प्रयोग हुन्छ । र समुचित व्यवस्था प्रयोग गरेर एकातिर सेवा दिने संस्थाले बढी आम्दानी प्राप्त गर्ने प्रयास गर्दछ भने अर्कोतिर आफ्ना ग्राहकलाई सदा सन्तुष्ट राख्ने अनेक उपायको खोजी गर्छ ।

अमेरिका व्यवस्था भएको देश हो भन्ने आधार र प्रमाणहरू थुप्रै छन् ।

अमेरिका व्यवस्था भएको देश हो भन्ने कुराको पुष्टि यसबाट पनि हुन्छ । अमेरिकाका केही मोटेल (लज)हरूले आफ्ना पाहुना (मोटेलमा बस्न आउने ग्राहक)सम्बन्धी अनेक जानकारीहरूको अभिलेख राख्छन् । कुनै पाहुना वर्षमा कतिपटक आफ्नो मोटेलमा आयो, कुन दिशामा र कुन कोठामा बस्यो, धूमपान गर्ने हो वा होइन, बसेको कोठाको तापक्रम कति राखेको थियो आदि जानकारी त्यो मोटेलले राख्न सक्छ । र पाहुनाको रुचि अनुसारको सेवा प्रदान गर्न सक्छ । मोटेलले ग्राहकसम्बन्धी राखेका जानकारीले ग्राहकलाई सन्तुष्ट पार्नेगरी सेवा पर्दान गर्न सहयोग पु¥याउँछ ।

अमेरिका व्यवस्था भएको देश हो भन्ने कुराको थप पुष्टि यस्तो चलनले पनि गर्न सक्छ । यदि कुनै व्यक्तिलाई कुनै संस्था (बैंक, व्यापारिक संस्था)ले कुनै जानकारी प्रदान गर्न उसको निवास वा बसोवास भएको स्थलमा चिठी पठाएको छ र एक पाने त्यो चिठीको केवल अग्रभागमा मात्र सूचना वा जानकारी लेखिएको छ र पृष्ठभागमा केही पनि लेखिएको छैन भने चिठी पठाउने संस्थाले चिठी प्राप्तकर्तालाई अलमल नहोस् भनेर ‘यो पत्रको पृष्ठभागमा केही पनि लेखिएको छैन र जानाजानी नै खाली राखिएको हो’ भनेर लेखिदिने गर्दछ । र यसरी पत्र पठाउने संस्थाले जानकारीलाई पूर्ण, प्रभावकारी र व्यवस्थित तुल्याउने प्रयास गर्छ ।

अमेरिकालाई धनी बनाउन अनेक कार्य गर्नका लागि प्रयोग गर्ने व्यवस्थाले महŒवपूर्ण भूमिका खेलेको छ । हुन पनि भुइँ पुछ्न, शौचालय सफा गर्न, फोहर फाल्न पनि अमेरिकमा व्यवस्थाको प्रयोग हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here