प्रस, वीरगंज, २३ चैत/

नेकपा एमालेबाट बारा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुरुषोत्तम पौडेलले बाराको सानो हावाले छातालाई उडाएर सप्तरीमैं पुर्याइदिने बताएका छन् ।

नेकपा एमाले करैयामाई गाउँपालिका कमिटीको विस्तारित बैठकमा उनले बारा क्षेत्र नं २ लाई खोसेर सप्तरी लैजाने षड्यन्त्र भइरहेको आरोप लगाए । उनले जनताको अभिमतको अपमान गर्नेलाई जनताले मत नदिने बताए । नेता पौडेलले मङ्सिरमा जसपाका उम्मेदवारलाई मत दिएर जिताए, जितेका सांसदले राजीनामा दिएर उपराष्ट्रपति बन्न गए, त्यसैले जनताको अभिमतको जसपाले अपमान गरेको बताए । पौडेलले भने– उपेन्द्रजीले मोरङमा जितेर के गर्नुभयो ? सप्तरीमा काम नगरेको भएर जनताले हराएर पठाए, अब बारामा आउनुभएको छ, यहाँका जनताले पनि फिर्ता पठाउनेछन् ।

गाउँपालिका कमिटीका अध्यक्ष धीरेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह, अच्युत मैनाली, केन्द्रीय सदस्य बलवीर चौधरी, सरस्वती चौधरी, प्रदेश कमिटी सदस्य देवनारायण चौधरी, त्रिलोकी चौधरी, मनोज पौडेल, रवीन्द्रदास श्रेष्ठ, दशरथ राम, भुलन चौधरी, रवीन्द्र खकुरेललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here