बेइजिङ, १८ चैत/सिन्ह्वा

चीनका शीर्ष विधायक झाओ लेजीले शुक्रवार बेइजिङमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेका छन् । सो अवसरमा नेशनल पिपुल्स काङ्ग्रेस (एनपिसी) स्थायी समितिका अध्यक्ष झाओले चीन–स्पेन सहयोगको बलियो आधार रहेको भन्दै त्यसलाई अझ व्यापक बनाउन आवश्यक रहेको बताए ।

यस वर्ष चीन–स्पेन कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सवका साथै चीन–इयू व्यापक रणनीतिक साझेदारीको स्थापनाको २०औं वार्षिकोत्सव मनाइँदै छ । उक्त भेटमा झाओले आपसी विश्वास र मित्रतालाई अझ प्रगाढ बनाउने प्रयास गर्नुपर्ने बताए । त्यसैगरी व्यावहारिक सहयोगका लागि प्रतिबद्ध रहन र संयुक्तरूपमा चीन–इयू सम्बन्धको स्थिर विकासलाई कायम राख्नुपर्ने झाओको धारणा रहेको छ ।

झाओले चीनको एनपिसीले स्पेनसँग थुप्रै क्षेत्रमा मैत्रीपूर्ण आदानप्रदानलाई  बलियो बनाउन एवं कानून सुपरीवेक्षणमा विभिन्न विषयलाई आदानप्रदान गर्दै थप सुदृढ गर्न र बहुपक्षीय मञ्चहरूमा नजीकबाट समन्वय र सहयोग गर्न इच्छुक रहेको पनि बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here