-विश्वराज अधिकारी
अमेरिकाबारे भ्रम
अमेरिकाको आर्थिक जीवनबारे धेरैलाई भ्रम छ । एशिया, अफ्रिका, दक्षिण अमेरिकाका नागरिकहरूमा अमेरिकाको आर्थिक जीवनबारे ठूलो भ्रम छ । खासगरी दक्षिण अमेरिका, एशिया र अफ्रिकाका गरीब नागरिकहरूमा अमेरिकाको आर्थिक जीवनबारे ठूलो भ्रम छ र यो भ्रमले गर्दा यी महादेशका गरीबहरू जसरी पनि अमेरिका प्रवेश गर्न खोज्छन् । गैरकानूनीरूपमा नै भएपनि अमेरिका प्रवेश गरेर सरल जीवनयापन गर्ने सपना देख्छन् ।
विश्वका बहुसङ्ख्यक नागरिकमा अमेरिकाबारे ठूलो भ्रम के छ भने अमेरीकी जीवन ज्यादै सरल छ । सुख, सुविधाले युक्त छ । धन आर्जन गर्न सजिलो छ । मेहनत नगरेर नै धन आर्जन गर्न सकिन्छ । जसरीतसरी एकपटक जीवन जोखिममा नै पारेर भएपनि अमेरिका प्रवेश गर्न पाए जीवनका बा“कीका वर्षहरू आनन्दपूर्वक बिताउन सकिन्छ । यस्तो विश्वासका कारणले गर्दा प्रत्येक वर्ष हजारौंका सङ्ख्यामा व्यक्तिहरू जल, स्थल र हवाई मार्गबाट विश्वका अनेक मुलुकहरूबाट अमेरिका प्रवेश गर्ने प्रयास गर्छन् ।
अमेरिकामा चारैतिर सुख नै सुख छ भन्ने बलियो विश्वासले प्रत्येक वर्ष संसारभरिका लाखौं परिवार र व्यक्तिहरूलाई अमेरिका प्रवेश गर्न मोहित र उत्प्रेरित गर्छ । तर यो विश्वास सत्य नभएर केवल भ्रम हो । संसारभरिबाट अमरिका आउन खोज्नेहरूले विश्वास गरेझैं अमेरिकमा आर्थिक जीवन सरल छैन । उल्टो अति प्रतिस्पर्धापूणर् छ । सङ्घर्षमय छ । अमेरिकमा पैसा कमाउन कडा परिश्रम र कठोर सङ्घर्ष गर्नुपर्दछ । गलत र गैरकानूनी कार्य गरेर निकै पैसा अमेरिकमा कमाउ“ला भनी कसैले सपनामा पनि नसोंचे हुन्छ ।
यथार्थ के हो त ? यथार्थ के हो भने क्षमतावान् व्यक्तिहरूको लागि अमेरिकामा धन आर्जन गर्न सजिलो छ । उच्च शिक्षा हासिल गर्न सजिलो छ । अर्थात् अमेरिकामा बलियाहरूमध्ये बलियो भए भने प्रगति गर्न सजिलो छ । तर अर्को देशबाट आउने सामान्य व्यक्तिको लागि भने अमेरिकमा सपना देखेजति सजिलो छैन । चारैतिर कडा प्रतिस्पर्धा छ । अर्थात् धन कमाउन, उच्च ओहदामा पुग्न, उच्च शिक्षा हासिल गर्न, सबैतिर उच्च प्रतिस्पर्धा छ । अमेरिकाबाहिरबाट आउनेहरूको लागि अमेरिका आएर स्थापित हुन सजिलो छैन । लामो सङ्घर्ष गरेपछि मात्र बाहिरबाट आएकाहरूले अमेरिकामा सरल जीवनको श्रीगणेश गर्न सक्छन् । तर संसारभरिका मानिसहरूले अमेरिकामा केवल सुख छ, दुःख कतै छैन भन्ने ठानेका छन् । अन्य देशहरूबाट अध्ययन गर्न, डिभी परेर तथा अन्य उद्देश्यका साथ अमेरिका आएकाहरूले अमेरिकामा स्थापित हुन कडा परिश्रम गर्नुपर्छ । सफल हुन ठूलो श्रम र समय लगाउनुपर्छ ।
व्यापारको नै कुरा गरौं । अमेरिकामा व्यापार गर्न सजिलो छैन । व्यापारमा झनै तीव्र प्रतिस्पर्धा छ । ठूलाठूला व्यापारिक संस्थाहरूस“ग सानासाना व्यवसाय गृहहरूले प्रतिस्पर्धा गर्न कठिन छ । यो कारणले गर्दा पनि अन्य देशबाट अमेरिका आएकाहरूले व्यापार गर्दा कम प्रतिस्पर्धा खेप्नुपर्ने व्यापारको क्षेत्र रोज्ने गर्छन् । रेस्टुरेन्ट, मोटेल, ग्या“स स्टेशन, सुविधाभण्डार आदि यस्ता व्यवसायहरू हुन्, जसले बजारमा तीव्र प्रतिस्पर्धाको सामना गर्नुपर्दैन । अझै मूलधारको अमेरिकी खाना नरोजेर मौलिक स्वादको खाना जस्तै नेपाली खाना, भारतीय खाना, चाइनिज खाना आदि राखेर रेस्टुरेन्ट चलाउने हो भने प्रतिस्पर्धा कम खेप्नुपर्छ । यसैगरी, कम आम्दानी हुने व्यवसाय जस्तै मोटेल, सुविधाभण्डार आदिमा पनि प्रतिस्पर्धा कम हुने गर्छ । यो कारणले गर्दा पनि अमेरिकामा प्रवासीहरू मोटेल, रेस्टुरेन्ट, सुविधाभण्डार, ग्या“स स्टेशन जस्ता व्यवसायमा संलग्न हुन रुचाउ“छन् ।
अमेरिकाको कर्मचारीतन्त्र, नियम, कानून आदि सहयोगी भएको र अमेरिकाको सामाजिक वातावरणले व्यापार-व्यवसाय गर्नेहरूलाई प्रोत्साहित गर्ने भएकोले अन्य देशहरूबाट अमेरिका आएर अमेरिकाभित्र व्यापार वा व्यवसाय सञ्चालन गर्नेहरूले अमेरिकामा व्यापार वा व्यवसाय सञ्चालन गर्न सजिलो मान्छन् । व्यापारिक क्षेत्रमा प्रवेश गरेर अति धन आर्जन गर्ने उद्देश्य राख्ने, अध्ययन एवं अनुसन्धानको क्षेत्रमा लागेर खास उपलब्धि हासिल गर्न खोज्ने र शिक्षा क्षेत्रमा आफ्नो प्रतिभा देखाउन चाहने जस्ता दृढ उद्देश्य राख्ने प्रतिभावान् व्यक्तिहरूको लागि अमेरिका सुनौलो अवसर प्रदान गर्ने देश भने हो । विश्वका अन्य देशबाट अमेरिका आएर, अमेरिकामा कठोर परिश्रम गरेर, विभिन्न व्यक्तिहरूले आफ्नो सपना साकार गर्न सक्छन् । तर अमेरिका आएर कुनै काम नगरेर, परिश्रम नगरेर, केवल अमेरिका आएको भरमा मात्र कुनै व्यक्ति सुविधायुक्त जीवन बा“च्ने स्थितिमा पुग्न सक्दैन ।