प्रस, वीरगंज, ११ चैत/

हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले वीरगंजको लोहारपट्टिमा सञ्चालन गरेको चिकेन स्टेशनमा रमदानको अवसरमा ‘बीफ कबाब’मा १० प्रतिशत छुटको विज्ञापन सामाजिक सञ्जालमा आएपछि अहिले वीरगंजमा विरोध भइरहेको छ । चिकेन स्टेशन नामक फेसबूक पेजबाट सो विज्ञापन सार्वजनिक भए लगत्तै विरोध शुरू भएको हो । अहिले सो विज्ञापन उक्त पेजबाट हटाइएको छ । यस सन्दर्भमा अरुण झासँग बुझ्दा उनले भूलवश ‘बीफ कबाब’ हुन गएको प्रतिक्रिया दिएर पन्छिन खोजे ।

यसै सम्बन्धमा पर्साका प्रहरी उपरीक्षक कोमल शाहले घटना प्रकाशमा आएपछि जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले छापा मारी खोजतलाश गर्दा बीफ (गाईको मासु) नभेटिएको बताए । प्रहरीको सोधपूछमा पनि सञ्चालक झाले फेसबूकबाट भूलवश यस्तो गलती भएकोमा क्षमायाचना गरेको प्रउ शाहले प्रतिक्रिया दिए ।

“मलाई पनि सूचना आएलगत्तै कारबाही अगाडि बढाएको हुँ, तर चिकेन स्टेशनको किचेन सबै सर्च गर्दा बीफ जस्तो केही भेटेको छैन,” उनले भने, “तर पनि थप अनुसन्धान भइरहेको छ, सञ्चालकले माफी मागेका छन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here