मादक पदार्थ, पेयपदार्थ तथा लागूऔषधलाई लागूपदार्थ भनेर बुझ्छौं । लागुपदार्थको सेवनले मानसिक स्तिथिमा परिवर्तन हुन्छ । जसलाई नशा लागेको भन्छौं । चिकित्सकको परामर्शविना कुनै पनि औषधिको दुरूपयोग गरी सेवन गर्नु पनि लागूऔषध सेवन हो । लागूऔषधको सेवनले मानिसको शारीरिक तथा मानसिक दुर्बलता ल्याउनुका साथै मस्तिष्क, मुटु, फोक्सोजस्ता संवेदनशील अंगहरूमा आघात पर्दछ । अधिकाँश लागु पदार्थको प्रयोगले मानिसलाई आक्रामक बनाउने, हिंश्रक, उत्तेजित बनाउने गर्छ । यसकारण विभिन्न आपराधिक घटना घट्ने गरेकाछन् । हाम्रो मुलुकका अधिकाँश आपराधिक घटनाहरूमा लागूऔषध सेवनकर्ता अभियुक्तहरू फेला पर्ने गरेको पाइन्छ । लागू पदार्थ सेवनको प्ररम्भिक चरण विद्यFर्थी काल देखिएका छन् । विद्यालयस्तरमा अध्ययनरत १३ देखि २० वर्षभित्रका बालबालिका तथा युवाहरू दुव्र्यसन फसेको देखिन्छ । दुव्र्यसनका कारण देशका होनहार युवाहरू शक्तिहीन र वेकाम बन्ने गरेका छन् । खासगरी साथीभाइको संगत, बेरोजगारी, परिवारको भूमिकामा कमी, आयतीत संस्कृतिको प्रभाव आदिको कारणले दुव्र्यसनमा फस्ने गरेको भेटिन्छ । लागूपदार्थको व्यापारबाट सहजै र छिट्टै धनी हुनेजस्ता सोचका कारण पनि युवाहरू यसमा लागेको देखिन्छ ।

हाम्रो मुलुकमा गरिएका विभिन्न सर्वेक्षणले करिब तीन लाख जना लागूऔषध दुव्र्यसनीहरू रहेको बताउँछ । सो मध्ये ८० प्रतिशत भन्दा बढि कक्षा ६ देखि कक्षा १२ भित्रै लागूऔषधको लतमा परिसकेको पाइएकाछन् । यो आँकडाले समाजमा लागूपदार्थको सेवन गर्ने बालबालिका र युवाको संख्या विकरालरूपमा बढिरहेको देखिन्छ । विशेष, पर्सालगायत मधेश, तराईका जिल्लाहरूमा लागूपदार्थ दुव्र्यसनीको संख्या अत्यधिक मात्रामा बढिरहेकाछन् । लागूऔषधका कुल दुव्र्यसनी मध्ये काठमण्डौ उपत्यकामा दुई तिहाइ संख्या र बाँकी तराईका झापा, चितवन, विराटनगर, वीरगन्ज, धरान, बुटवल, नेपालगन्जलगायतका छन् । सो बाहेक अन्यत्र फाटफुट मात्रै हो । लागूपदार्थको बढी सेवन गर्नेमा १३ देखि २० वर्षका किशोरकिशोरी धेरै छन् ।

तथ्यांकले लागूपदार्थ दुव्र्यसनको मुख्य थलो विद्यालय क्षेत्र देखिएकाछन् । किसोरकिसोरी उमेर समुहबाट सुरू हुँदै उमेर बढदै जाने क्रममा युवा र पौढ अवस्थमा पुगेको स्पष्ट छ । विद्यालय क्षेत्र र किसोरकिसोरी उमेर समुहलाई जोगाउन सकियो भने राज्यको भविष्य जोगिने छ । यसको निम्ती राज्यको प्रमुख भूमिका रहन्छ भने स्थानीय सरकार, अभिभावक र विद्यालयको भूमिका महत्वपुर्ण हुन्छ । फेरी पनि अल्छीपन राज्यबाटै देखिएको छ । लागूऔषध (नियन्त्रण) ऐन २०३३ प्रतिस्थापन गर्ने गरी बनेको ‘लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरूयोजना’ निर्माणमा ६ वितायो । जेनतेन २०७९ बैशाख १ गते देखि लागु भएको छ । बढ्दो लागूऔषध दुरूपयोग र अवैध ओसारपसारका कारण विश्वव्यापी रूपमै आपराधिक क्रियाकलामा वृद्धि भएको र युवा जनशक्ति कुलतमा फसेर खेर जाने अवस्था भएकाले त्यसलाई रोक्न र सामाजमा सचेतना जागृत गराउने गरी पञ्चवर्षीय गुरूयोजना लागु गरिएको हो । कार्यान्वयनको गति भरपर्दो देखिएको छैन । यसर्थ केन्द्र सरकारको भर परेर बस्नु भन्दा हरेक पालिका विद्यालयर र अभिभावक अविलम्ब सचेत भइ विद्यालय क्षेत्र तथा बालबालिकालाई लागूपदार्थ मुक्त गराउने तर्फ अग्रसरता बनौं र भविष्यलाई जागाऔं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here