प्रस, सिम्रौनगढ, २ चैत/

मधेसी समुदायमा अति लोकप्रिय ओरहा खाने चलन हालका दिनमा कम हुँदै गएको छ ।

फागु पूर्णिमामा होलिका दहनपछि ओरहा खाने चलन शुरू हुन्छ । ओरहा खाने चलन भोजपुरी, मैथली, बज्जिका, मगही र थारू समुदायमा रहिआएको छ ।

खेतमा लगाइएको बाली ७५ प्रतिशत पाकेपछि त्यस्तो बाली ओरहायुक्त भएको मानिन्छ । चना, कोसा, गहुँ, खेसारी र पुपरा झारपातसहित आगोमा पोलेर ओरहा तैयार गरिन्छ र सफा गरी खाने गरिन्छ ।

यस्तो ओरहा खानमा धेरै मीठो हुने भएकोले मानिसहरू आकर्षित हुन्छन् । तर खाने क्रममा केही सावधानी राख्नु जरुरी हुन्छ । किनभने यस्ता बाली पोलेर खाने क्रममा सोभित्र रहेका कीराहरू पनि पोलिन्छ र त्यो पनि मानिसको आहार हुन्छ, जसबाट विभिन्न किसिमका रोग लाग्ने सम्भावना हुन्छ ।

सिम्रौनगढ क्षेत्रमा मात्र चार दशकअघिसम्म यो ओरहा खानेको सङ्ख्या ८० प्रतिशत थियो । तर समय बदलिंदै गएपछि ओरहा खानेहरूको सङ्ख्यामा निकै कमी आएको छ । पहिले चना, कोसा, गहुँ, खेसारी र पुपराको खेती प्रचुर मात्रामा हुन्थ्यो भने अहिले नगण्य मात्रामा हुन थालेको छ । समय परिस्थितिले मानिसहरू विभिन्न व्यावसायिक उत्पादनमा आकर्षित हुँदै गएकाले यो परम्परामा ¥हास आइरहेको स्थानीयहरू बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here