दिनेश मिश्र, वीरगंज, १७ फागुन/

परिवर्तन नेपाल वीरगंजको सहजीकरणमा पर्साका विभिन्न ठाउँका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर प्रदान गरिएको छ । विन्ध्यवासिनी गापा–३ सानो इटियाहीका ६० वर्षीया महिला र वडा नं ५ बहुअर्वाका १८ वर्षीय रामप्रसन्न रामलाई ह्वीलचेयर प्रदान गरिएको हो ।

संस्थाका अध्यक्ष रणधीर वर्णवालको सक्रियतामा गरीब, असहाय, शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण गरिएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष सुशील पटेल, सञ्चालन प्रमुख अतुल पटेल, व्यवस्थापक सोनु पटेल, सदस्य नीतु यादव, पारस बैठा, वडाध्यक्षद्वय मुक्तिनाथप्रसाद कुर्मी, जयप्रकाश चौरसियालगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण उपप्रमुख ज्योति चौरसियाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here