प्रस, वीरगंज, ४ फगुन/

जिल्ला समन्वय समिति, पर्साले सरोकारवालाहरूको टोली बनाइ बन्द क्रसर खुुलाउन बिहीवारदेखि स्थलगत अनुगमन शुरू गरेको छ ।

नेपाल सरकारले केही महीनाअगाडी देशभरिका क्रसर उघोगलाई बन्द गरेको थियो । क्रसर उद्योग बन्द भएपछि देशभरिमा आन्दोलन हुन थालेपछि पछिल्लोपटक बसेको मन्त्रिपरिषद्को बैठकले सबै जिल्लामा पत्राचार गरी अनुगमनपश्चात् बन्द क्रसर उद्योग खोल्ने निर्णय गरेको थियो ।

सोही निर्णयलाई कार्यान्वयन गर्नका लागि पर्सामा पनि अनुगमन गर्न थालिएको जिसस, पर्साका प्रमुख निरञ्जन सर्राफले जानकारी दिए ।

जिसस, पर्साले माघ २६ गते सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र क्रसर उद्योग तथा गिट्टी, बालुवा प्रशोधन केन्द्रहरूसँग भएका आवश्यक कागजातहरू माग गरेको थियो ।

पर्सामा नौवटा क्रसर उद्योग रहेकामा पाँचवटा क्रसर उद्योगले मागे अनुसार कागजात पेश गरेको जिसस प्रमुख सर्राफले बताए ।

पर्सामा वीमनपा–२९ मा बालुवा प्रशोधन केन्द्र, जय नेपाल बालुवा प्रशोधन प्रालि, गङ्गा बालुवा उद्योग, पप्पु–स्वछन्द सखुवाप्रसौनी, यादव क्रसर उद्योग मुसैली र नेपाल क्रसर उद्योगले आवश्यक कागजात पेश गरेको प्रमुख सर्राफले बताए । प्राविधिक टोलीले कागजात हेरी ठीक भए नभएको यकीन गरी स्थलगत अनुगमनपछि मात्र क्रसर उद्योग खोल्न आदेश दिने प्रमुख सर्राफले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here