प्रस, वीरगंज, ४ फागुन/

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वृक्षारोपण संरक्षणका लागि महानगरले योजना बनाएको बताएका छन् ।

महानगरपालिकाले आयोजना गरेको वन वातावरण तथा वन उद्यमसम्बन्धी दुई दिने अभिमुखीकरण समापन कार्यक्रममा उनले वातावरण संरक्षणका लागि वृक्षारोपण गर्ने मात्र होइन, त्यसको संरक्षण गर्नुपर्ने दायित्व पनि रहेको बताए । उनले महानगरका विभिन्न स्थानमा रहेका खाली जग्गामा वृक्षारोपण गरेर हराभरा बनाउनेतर्फ महानगर लागिपरेको बताए ।

कार्यक्रममा डिभिजन वन कार्यालय, पर्साका सहायक वन अधिकृत फरमान मियाँले वातावरण संरक्षण र गरीबी निवारणका लागि वनको विस्तार गर्नुपर्ने बताए ।

समृद्धिका लागि वन परियोजना अन्तर्गत महानगरपालिकाका ३२ वटै वडाका अध्यक्ष एवं सचिवहरूको लागि आयोजित अभिमुखीकरण कार्यक्रममा मियाँले जलवायु, मौसम र वातावरणबारेमा प्रकाश पारेका थिए । उनले तापक्रम, वर्षा र वायु चाप नै मौसम र जलवायुका मापदण्ड भएको बताए ।

वन प्राविधिक दशरथ रौनियारले वनमा आधारित उद्यमका बारेमा जानकारी गराएका थिए । उनले वनमा आधारित उद्यम सञ्चालनका लागि बैंक एवं वित्तीय संस्थाबाट ऋण लिंदा नौ प्रतिशतभन्दा बढी ब्याज लिन नमिल्ने बताए ।

वीरगंज–२६ का अध्यक्ष शम्भु मिश्रले वृक्षारोपणलगायतका कार्यका लागि वडाहरूलाई पनि आवश्यक बजेट उपलब्ध गराउनुपर्ने माग गरे ।

1 COMMENT

  1. Very good step by Mayor Rejesh Man Singh . Plantation is most important for Whole human being.
    Please try to make Public green park and kids play park . Every Ward , you can find free land ( belongs to government).

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here