– राजेश मिश्र
स्वास्थ्य क्षेत्रमा प्रयोगशाला महŒवपूर्ण मात्र होइन, अत्यावश्यक अ· हो । किनभने स्वास्थ्य प्रयोगशालामा हुने परीक्षणले उपचार प्रक्रियालाई दिशानिर्देश गर्दछ । परीक्षण रिपोर्टको आधारमा चिकित्सकहरूलाई उचित चिकित्सकीय सेवाप्रवाह गर्न मदत पुर्याउ“छ । प्रभावकारी स्वास्थ्य उपचारको लागि दक्ष जनशक्ति, उपकरण, संसाधन, औषधिस“गै स्वास्थ्य प्रयोगशालाको रिपोर्ट एकअर्काका परिपूरक हुन् ।
स्वास्थ्य समस्या भएमा सर्वप्रथम बिरामी चिकित्सकको सम्पर्कमा आउ“छन् । स्वास्थ्य समस्या बताउ“छन् । चिकित्सकले बिरामीको मूल समस्या पत्ता लगाउनको लागि आवश्यक परीक्षणहेतु सिफारिश गर्छन् । तत्पश्चात् बिरामी स्वास्थ्य प्रयोगशालामा पुग्छन् । परीक्षण रिपोर्ट प्राप्त भएपछि पुनः चिकित्सककहा“ पुग्छन् । चिकित्सकले परीक्षण रिपोर्टको आधारमा आवश्यक उपचार प्रक्रिया तथा औषधि आदि सिफारिश गर्छन् । प्रयोगशालाले गरेको परीक्षणमा उपचार प्रक्रिया निहित हुने भएकोले स्वास्थ्य प्रयोगशाला स्वास्थ्य क्षेत्रको अति संवेदनशील मानिन्छ ।
सरकारी र निजी दुईथरीका स्वास्थ्य प्रयोगशाला सेवा गरिरहेका पाइन्छन् । अन्य क्षेत्रस“गै स्वास्थ्य प्रयोगशालाहरूले पनि प्रचलित नियम कानूनको अधीनमा रही कार्यसम्पादन गर्नुपर्ने दायित्व छ । समयको गतिस“गै आवश्यकताअनुरूप विभिन्न कालखण्डमा ऐन कानून परिमार्जन हु“दै हाल स्वास्थ्य सेवा सञ्चालन मापदण्ड, २०७७ को परिच्छेद ८ अन्तर्गत प्रयोगशाला सञ्चालन मापदण्ड क्रियाशील छ । सरकारी र निजीलागयत सबै प्रकारका स्वास्थ्य प्रयोगशालाको नियमन गर्नेे निकाय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हो । यसको अलावा प्रदेश जनस्वास्थ्य प्रयोगशाला तथा जिल्ला स्वास्थ्य कार्यायलहरूलाई तोकिएको अधिकार क्षेत्रभित्र रही कार्यसम्पादन गर्नुपर्ने अभिभारा छ ।
आमनागरिकले स्वास्थ्य प्रयोगशालालाई जा“चघर वा जा“च केन्द्रको नामले सम्बोधन गर्ने गर्छन् । जा“चघर भन्नाले रगत, दिसा र पिसाब जा“च गर्ने केन्द्र हो भन्नेबाहेक यसको सञ्चालन अनुमति प्रदान गर्ने निकाय को हो ? नियमन गर्ने निकाय को हो ? स्वास्थ्य प्रयोगशाला कतिवटा वर्गमा वर्गीकृत छन् ? जा“चघरले पालना गर्नुपर्ने नियमहरू के के हुन् ? बिरामीलाई प्रदान गरिने परीक्षण रिपोर्टमा के के कुरा अनिवार्य उल्लेख हुनुपर्दछ ? परीक्षण शुल्क तोकिने आधारहरू के के हुन् ? कुन प्रविधिबाट परीक्षण गरिएको हो ? लगायतका प्रश्नहरूको उत्तर जान्ने जिज्ञासा भए तापनि आमजनता निरीह छ ।
यावत् प्रश्नहरू स्वास्थ्य प्रयोगशालाका सञ्चालकस“ग बिरामीले गर्यो भने उनीहरूको आफूलाई अब्बल घोषित गर्ने भाषण सुनेर बेहोश हुन सक्छन् । आमनागरिकले हेर्न मिल्ने वा आफूले जानेको विषयमा मात्र अनियमितता छुट्याउन सक्छन् । जस्तै तरकारी खरीद गर्दा मूल्य, तौल र गुणस्तर आदि । तर स्वास्थ्य प्रयोगशालाहरूको काम र कर्तव्य मापदण्डबमोजिम भए÷नभएको विषयमा नियामक निकायबाहेक अरू कसैले पत्ता लगाउन सक्दैनन् । स्वास्थ्य प्रयोगशालाले त्रुटि गर्ने र सोको दुष्परिणाम बिरामी, स्वास्थ्य संस्था वा चिकित्सकहरूले भोग्नुपर्ने हुन्छ । स्वास्थ्य प्रयोगशालाहरूको गलतीमाथि ध्यान जाने सम्भावना न्यून हुन्छ । यसको फाइदा उठाउने पात्रहरूको कमी बजारमा छैन । यसको अर्थ प्रभावकारी सेवा प्रदान गर्ने स्वास्थ्य प्रयोगशालाहरू छैनन् भन्ने होइन । यद्यपि ख्यातिप्राप्त प्रयोगशालाले मापदण्डविपरीत र तल्लो वर्गमा वर्गीकृत प्रयोगशालाको मापदण्डको परिधिमा रहेर काम गरिरहेका हुन सक्छन् ।
स्वास्थ्य सेवामा समर्पित जानकारहरूका अनुसार बिरामी निको हुने वा रोग झन् बल्झिने विषय नितान्तरूपमा स्वास्थ्य प्रयोगशालाले गर्ने परीक्षणमा निहित हुने कुरा हो । स्वास्थ्य प्रयोगशालामा परीक्षणको दौरान सूक्ष्म त्रुटिले रिपोर्ट गलत हुन सक्छ र उपचार प्रक्रिया उल्टो दिशामा जाने खतरा रहन्छ । त्यस कारण कुनै पनि कोणले स्वास्थ्य प्रयोगशालामा असावधानी मान्य हुने कुरै हु“दैन । स्वास्थ्य प्रयोगशालाको लागि योग्य प्राविधिक, गुणस्तरीय प्रविधि, रसायन र तोकिएका मापदण्ड आवश्यक तŒवहरू हुन् । अन्य क्षेत्रस“गै यस क्षेत्रमा पनि मनोमानी र बेथिति बढ्दो छ र नियामक निकायले नियन्त्रण गर्नुपर्ने आवश्यकता छ ।
स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड, २०७३ र स्वास्थ्य सेवा सञ्चालन मापदण्ड, २०७७ मा अड्ढित तथ्यहरूका आधारमा संक्षिप्त चर्चा गरौं ।
स्वास्थ्य प्रयोगशाला भनेको के हो ?
स्वास्थ्य प्रयोगशाला भन्नाले चिकित्सा प्रयोगशाला, निदान प्रयोगशाला, मेडिकल प्रयोगशाला, जनस्वास्थ्य प्रयोगशाला वा रोगको निदान, जा“च, रोकथाम, मेडिकल उपचारको निर्णय, रोगको निगरानी वा जनस्वास्थ्यसम्बन्धी परीक्षणको कार्य गर्ने सेवालाई स्वास्थ्य प्रयोगशाला भनिन्छ ।
प्रयोगशालालाई विविध प्रकारले वर्गीकरण गरिएको पाइन्छ । जस्तै जनस्वास्थ्य प्रयोगशाला, सरकारी अस्पतालमा आधारित प्रयोगशाला, निजी अस्पतालमा आधारित प्रयोगशाला, प्रयोगशाला सेवा मात्र प्रदान गर्ने प्रयोगशाला, अनुसन्धान प्रयोगशाला, प्रेषण प्रयोगशाला र रिफरेन्स प्रयोगशाला आदि । प्रयोगशाला सेवा मात्र प्रदान गर्ने प्रयोगशालालाई ‘स्ट्यान्डोलोन’ भनिन्छ ।
आधारभूत मापदण्ड
स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्डसम्बन्धी निर्देशिका, २०७३ अनुसार प्रयोगशालाका आधारभूत मापदण्डहरूमा प्रयोगशाला परीक्षण गर्न आवश्यक ज्ञान र योग्यता, परीक्षण गर्न आवश्यक तालीम र अनुभव, रिएजेन्ट र सामग्रीहरूको तयारी÷परीक्षणको जटिलता, सञ्चालन विधि÷प्रविधि÷उपकरणहरूको विशेषता, क्यालिब्रेशन, गुणस्तर नियन्त्रण र प्रोफिसिएन्सी परीक्षण सामग्रीको विशेषता, उपलब्धता, उपकरणहरूको मर्मतसम्भारको आवश्यकता र परीक्षणको सन्दर्भमा अपनाउनुपर्ने इन्टरपर्टेशन र निर्णयसम्बन्धी आवश्यकता आदि ।
आवश्यक पूर्वाधार
सजिलै पहु“च, पर्याप्त हावा आवातजावत गर्ने स्थान, पर्याप्त मात्रामा उज्यालो भएको, नियन्त्रित वातावरण (तापक्रम, आद्रता, हावा, धूलो र विकिरण), पर्याप्त पानीको आपूर्ति व्यवस्था, नियमित बिजुलीको व्यवस्था, प्रयोगशाला सञ्चालनको गुणस्तर, जीवाणुरहित बनाउने सुविधा, फोहर व्यवस्थापनको उपयुक्त व्यवस्था, नमूना र रिएजेन्टहरूको ढुवानीको लागि उपयुक्त भण्डारण सुविधा, तथ्याड्ढ भण्डारण, अभिलेखीकरण र व्यवस्थापन, व्यक्तिगत र वातावरणको सुरक्षा, गुणस्तरीय रिएजेन्ट र रसायनको प्रयोग, फरक–फरक क्रियाकलापहरूको लागि कार्यविभाजन, मिसावट र कन्टामिनेशनको जोखिम मुक्त गर्ने व्यवस्था र अन्य सुविधाहरू आदि । प्रत्येक समूहमा वर्गीकृत प्रयोगशालाहरूमा तोकिएका आवश्यकता र उपलब्ध प्रविधि अनुसारका पर्याप्त उपकरण, रिएजेन्ट, किट्स र अन्य सामग्रीहरू उपलब्ध हुनुपर्दछ । त्यसैगरी, प्रयोगशालामा परीक्षण कार्यको लागि योग्य जनशक्ति तोकिएको काउन्सिल अर्थात् नेपाल मेडिकल काउन्सिल वा नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएको हुनुपर्दछ ।
प्रयोगशालाको वर्गीकरण
प्रयोगशालाहरूलाई ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ गरी पा“च समूहमा वर्गीकरण गरिएका छन् ।
स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को परिच्छेद ८ मा उल्लेख भए अनुसार ‘ए’ वर्गको प्रयोगशालाको क्षेत्रफल चार हजार वर्गफिट, ‘बी’ वर्गको लागि डेढ हजार वर्गफिट, ‘सी’ वर्गको लागि चार सय वर्गफिट, ‘डी’ वर्गको लागि अढाई सय वर्गफिट र ‘ई’ वर्गको लागि डेढ सय वर्गफिट तोकिएको छ । प्रयोगशालाको नक्शाड्ढन नमूना सड्ढलन गर्नेदेखि लिएर विसर्जनसम्म हुनेगरी ‘लोजिकल फ्लो’ (तार्किक प्रवाह) मिलाइएको हुनुपर्नेछ । नमूना सड्ढलन, नमूना प्रोसेसिङ, नमूना परीक्षण, रिपोर्टिङको लागि छुट्टाछुट्टै क्षेत्र हुनुपर्नेछ । तोकिएको कुल क्षेत्रफलको न्यूनतम ७० प्रतिशत भाग प्रयोगशालास“ग सम्बन्धित प्राविधिक परीक्षण कार्यको लागि छुट्याइएको हुनुपर्नेछ । बा“की ३० प्रतिशत भागमा प्रयोगशालास“ग सम्बन्धित कार्यहरू जस्तैः नमूना सड्ढलन, प्रतीक्षालय, मिटिङ हल, कार्यालय क्षेत्र, भण्डारण र शौचालय आदिको लागि व्यवस्था गर्न सकिनेछ । ‘ए’ वर्गको प्रयोगशालाको हकमा एउटै भवनमा सबै सेवा दिन नसकिने अवस्थामा अधिकतम पा“च सय मिटरभित्र रहेको अर्को भवनबाट पनि केही सेवाहरू दिन सकिनेछ ।
सञ्चालन अनुमति प्रदायक
प्रयोगशाला सञ्चालन अनुमति प्राप्त गर्नको लागि ‘र्ई’ समूहको प्रयोगशाला सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय, ‘डी’ र ‘सी’ समूहको लागि सम्बन्धित क्षेत्रीय÷प्रान्तीय कार्यालय, ‘बी’ र ‘ए’ समूहको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिनुपर्ने प्रावधान रहेको छ ।
विभिन्न निकायबाट सञ्चालन अनुमति जारी भएका प्रयोगशालाहरूमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जुनसुकै बेला अनुगमन गर्न सक्ने र अनुगमन गर्दा तोकिएबमोजिमको मापदण्डअनुरूप नपाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ती प्रयोगशालाहरूको वर्गीकरण घटुवा गर्नेदेखि खारेजीसमेत गर्न सक्ने प्रावधान छ ।
स्थायी अनुमतिपत्र प्राप्त भएपछि प्रत्येक तीन वर्षमा नवीकरण गराउनुपर्ने नियम छ । अनुमतिपत्र नवीकरणको लागि अवधि समाप्त हुनुभन्दा ६० दिनअगावै तोकिएबमोजिमको ढा“चामा निवेदन दिनुपर्ने प्रावधान छ । अनुमतिपत्र नवीकरण नभई अवधि समाप्त भएमा अनुमतिपत्र स्वतः रद्द हुने व्यवस्था छ ।
आचरणसम्बन्धी व्यवस्था आचरणसम्बन्धी व्यवस्था अन्तर्गत निर्देशिकाको दफा ६४ को (१) कुनै पनि प्रयोगशालाले बिरामीको प्रयोगशाला परीक्षण गरेबापत परीक्षणको लागि अनुरोध गर्ने चिकित्सक वा अस्पताल वा अन्य प्रयोगशालालाई कुनै शुल्क वा नाफा विभाजन वा अन्य कुनै पनि नाममा कुनै पनि शुल्क भुक्तानी गर्न पाइनेछैन । यो व्यवस्था अस्पतालमा आधारित प्रयोगशालाहरूमा समेत लागू हुनेछ । यस्तो व्यवस्थाले बिरामीलाई अत्यावश्यक नभएका परीक्षणसमेत गरी आर्थिक भार पार्ने कार्यलाई निरुत्साहित गर्नेछ । यस्तो कार्यमा संलग्न प्रयोगशालाहरूलाई प्रचलित कानूनबमोजिम कारबाईका साथसाथै सञ्चालन अनुमति खारेजी गर्न सकिनेछ । (२) प्रत्येक प्रयोगशालाले आफूले प्राप्त गरेको सञ्चालन अनुमति सर्वसाधारणले देख्नेगरी आफ्नो प्रयोगशालामा राख्नुपर्दछ । आफूले प्राप्त गरेको प्रयोगशालाको वर्गीकरण र दर्तासम्बन्धी विवरण प्रयोगशालाले बिरामीलाई उपलब्ध गराउने रिपोर्टको माथिल्लो भागमा प्रस्ट देखिनेगरी उल्लेख गर्नुपर्दछ । (३) प्रयोगशालाकर्मीहरूले प्रयोगशालासम्बन्धी कार्यसम्पादन गर्दा बढीमा दुईभन्दा धेरै संस्था÷प्रयोगशाला (निजी अभ्याससहित)मा पूर्णकालीन आबद्ध भई कार्यसम्पादन गर्न पाइनेछैन । क्रमशः