प्रस, रौतहट, २० माघ/

दुर्गा भगवती गाउँपालिकाद्वारा आयोजित टि–२० नकआउट क्रिकेट टुर्नामेन्टको बिहीवार सम्पन्न फाइनल खेलमा गरुडा नगरपालिकाले कटहरिया नगरपालिकालाई ६९ रनको अन्तरले पराजित गरेको छ ।

दुर्गा भगवती गापाको सरस्वती मावि पिपरा भलोहियामा सम्पन्न फाइनल खेलमा गरुडाले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । प्रतिउत्तरमा कटहरियाले १० विकेट गुमाई ९० रन बनाएको थियो ।

प्रतियोगितामा प्रथम भएको गरुडालाई नगद रु २५ हजार,  द्वितीय भएको टीम कटहरियालाई रु १५ हजार नगद पुरस्कार प्रदेशसभा सदस्य समिर भट्टराई र नेकपा माओवादीका सत्यनारायण भगतले वितरण गरेका थिए ।

प्रतियोगितामा १८ वटा पालिकाका टीम सहभागी भएको आयोजक समितिका सदस्य वेदानन्द ठाकुरले बताए ।

समापन कार्यक्रममा नेपाल पत्रकार महासङ्घका मधेस प्रदेश सदस्य शैलेन्द्र झा, जिल्ला अध्यक्ष प्रेमचन्द्र झा, वरिष्ठ पत्रकार प्रभात झा, गौतम श्रेष्ठ, सञ्जय मिश्र, पुष्पराज यादव, राम एकबाल साहलगायत पत्रकारहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा दुर्गाभगवतीका गापा अध्यक्ष शम्भु सिंह, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव, वडाध्यक्षहरू रामानन्द राय, डिके झा, धर्मेन्द्र चौधरीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here