प्रस, वीरगंज, १४ माघ/
उपकार सेवा नेपालले शनिवार बारा र पर्सामा गरी ५४ वटा ह्वील चेयर वितरण गरेको छ ।
वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष्F बाबुलाल चाचानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरगंजमा २९ वटा र बाराको सिमरामा २५ वटा ह्वील चेयर वितरण गरिएको संस्थाका सदस्य सजन अग्रवालले बताए ।
संस्थाकी अध्यक्ष्F विद्या सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा वीउवासङ्घका पूर्वअध्यक्ष अशोक बैद, समाजसेवी पशुपति विक्रम शाह, मधु राणा, उपकार सेवाका नारायण पराजुली, सञ्जय श्रेष्ठ, महेश बगरिया, दीपिका श्रेष्ठलगायतको सहभागिता थियो ।
उपकार सेवा नेपालले यसअघि पनि ह्वील चेयर र न्याना कपडाहरू वितरण गरेको थियो ।