प्रस, वीरगंज, ९ माघ/

२२औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी मधेस प्रदेशको छिन्नमस्ता वाहिनी मुख्यालयले वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुबोध गुप्तालाई कदरपत्रसहित सम्मान गरेको छ ।

मुख्यालयको कार्यालय बर्दिवास महोत्तरीमा सोमवार आयोजित कार्यक्रममा वाहिनीप्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले वीउवासङ्घले निस्स्वार्थ भावनाले गरेको सहयोगको कदर गर्दै सम्मान गरेका थिए । सो अवसरमा सम्मानित अध्यक्ष गुप्ताले पर्सा, बारा जिल्लामा रहेका औद्योगिक करिडरको शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरीको एउटा टोली औद्योगिक टास्कफोर्सको रूपमा कार्यरत रही करिडरको शान्ति सुरक्षा अमन चयन बन्ने कुरामा जोड दिए ।

उनले टास्क फोर्सले उत्कृष्ट काम गरिरहेको तर सरकारले टास्कफोर्स हटाएकोमा दुःख व्यक्त गर्दै पुनः टास्कफोर्स बहाल गरी औद्योगिक करिडरको शान्ति सुरक्षालाई निरन्तरता दिन सप्रनाम मगरको ध्यानाकर्षण गराए ।

सप्रनाम मगरले वीरगंज पथलैया औद्योगिक करिडरको शान्ति सुरक्षाको लागि आफू तत्पर रहेको र टास्कफोर्स पुनः गठनको लागि आवश्यक सल्लाह, सुझाव आफू माथिको निकायमा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here