प्रस, वीरगंज, ५ माघ/

आशा किरण केन्द्रमा रहेकी १४ वर्षीया सफ्रीन थापालाई एक थान ह्वीलचेयर सहयोग गरिएको छ । एमालेका नेता अरबिन्द सिंह र अमरेश रायले संयुक्तरूपमा ह्वीलचेयर सहयोग गरेका हुन् ।

वीरगंज महानगर–१२ मुर्ली निवासी थापाकी आमा मञ्जु थापाले छोरीको मेरुदण्ड पक्षघातपछि हिंड्डुल गर्न नसक्ने भएकी र ह्वीलचेयर पाएपछि सहज हुने बताइन् ।

आशा किरण केन्द्रले सुस्तःमनस्थिति, मस्तिष्क पक्षघात भएका बालबालिकाहरूको दैनिक हेरचार र विशेष प्रकारका बच्चाको अध्यापनमा देखाएको सक्रियताको नेता सिंहले प्रशंसा गरे ।

केन्द्रमा आश्रित बालबालिकाहरूको लागि व्यापारी नवनीत अग्रवालले खाद्यान्न सामग्री सहयोग गरेको केन्द्रका संयोजक राजन श्रीवास्तवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here