प्रस, पोखरिया, ५ माघ/

पोखरिया नगरपालिका–५ सतवरियास्थित राधाकृष्ण नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षकको अभाव हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

१८९ जना विद्यार्थी अध्ययनरत सो विद्यालयमा बालविकासका एक र अन्य दुई गरी तीनजना मात्र शिक्षक/शिक्षिका कार्यरत छन् । कक्षा पाँचसम्म पठनपाठन हुने विद्यालयमा तीनजना मात्र शिक्षक/शिक्षिका कार्यरत रहेका कारण विद्यार्थीको पठनपाठनमा असर परिरहेको अभिभावकहरूले गुनासो गरेका छन् ।

शैक्षिक सत्र शुरू भएको १० महीना बितिसकेको र शिक्षकको कमीले पठनपाठनमा असर पर्दा विद्यार्थीको भविष्यसँग खेलबाड भइरहेको अभिभावकहरूले आरोप लगाएका छन् । कक्षा ५ मा अध्ययनरत विद्यार्थीले शुद्ध गरी किताब पढ्न नसक्ने, एउटै कक्षाकोठामा ४ र ५ कक्ष्Fाका विद्यार्थीहरू राखेर पठनपाठन गराउँदा विद्यार्थीहरूको शैक्षिक गुणस्तर खस्किरहेको छ अभिभावकहरूको भनाइ छ ।

विद्यार्थी र कक्षाकोठाको सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी नहुँदा विद्यार्थीहरूको शैक्षिक गुणस्तर प्रभावित परेको शिक्षिका रोबैदा खातुनले बताइन् । उनले विद्यालयमा थप तीनजना शिक्षक अत्यावश्यक रहेको बताइन् । यसका लागि शिक्षक पदपूर्ति गर्न नगरपालिकाको पटक–पटक ध्यानाकर्षण गराए पनि सुनवाइ नभएको शिक्षिका खातुनले बताइन् । विद्यालयमा भर्खरै सरुवा भई आएका प्रधानाध्यापक लालबाबू चौहानले विद्यालय सुधारका लागि सक्दो प्रयास गरिरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here