अदिस अबाबा, २१ पुस/सिन्ह्वा

इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्याउने कामलाई प्राथमिकतामा राखिएको खाद्य तथा कृषि सङ्गठन, एफएओले जनाएको छ ।

इथियोपियाको उत्तरी क्षेत्र द्वन्द्वग्रस्त रहेको र यहाँका नागरिकलाई खाद्यान्न, औषधिलगायत अन्य अत्यावश्यक वस्तु आपूर्ति गर्नुपर्ने भएकोले खाद्य तथा कृषि सङ्गठन आपूर्ति कार्यमा लागेको सो संस्थाले जनाएको छ ।

यसअघि सो क्षेत्रमा यहाँका विद्रोहीहरूले नै खाद्यान्न वितरण गर्न नदिएकोमा अहिले युद्धविराम भएपछि बिस्तारै आवश्यक वस्तु आपूर्ति गर्न थालिएको बताइएको छ ।

यहाँको उत्तरी क्षेत्र, खासगरी टिग्रेका नागरिकलाई अहिले खाद्यान्नलगायत आवश्यक सामग्री उनीहरूको अवस्था हेरेर विदेशी दाता संस्थाहरूको समन्वयमा आपूर्ति गर्ने काम गरिएको सो संस्थाले जानकारी दिएको छ ।

टिग्रे, अफार र अम्राह द्वन्द्वग्रस्त क्षेत्र हुन् । यी क्षेत्रका कैयौं नागरिकले द्वन्द्वका कारण ज्यान पनि गुमाएका छन् ।

ती क्षेत्रमा जारी द्वन्द्वका कारण विद्रोहीहरूले संयुक्त राष्ट्रसङ्घ तथा अन्य दाता संस्थाहरूलाई पनि प्रवेश गर्न दिएका थिएनन् । जसका कारण यहाँका नागरिक लामो समयदेखि समस्यामा परेका थिए ।

अहिले खाद्य तथा कृषि सङ्गठन, विश्व खाद्य कार्यक्रम तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग र समन्वयमा ती क्षेत्रमा खाद्यान्न र अरू सहयोग पुर्याउने काम भइरहेको बताइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here