संयुक्त राष्ट्रसङ्घ, १८ पुस/सिन्ह्वा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले कोलम्बियामा भएको युद्धविराम सम्झौताको स्वागत गरेका छन् । उनले आइतवार सो सम्झौताको स्वागत गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

कोलम्बियामा हिंसा गरिरहेका विभिन्न पाँचवटा सशस्त्र समूहले यहाँको सरकारसँग सम्झौता गरेर छ महीना अवधिका लागि युद्धविराम गर्ने सम्बन्धी पत्रमा हालै हस्ताक्षर गरेका थिए ।

कोलम्बिायाका राष्ट्रपतिले नयाँ वर्ष सन् २०२३ को शुभकामना सन्देश दिने क्रममा गत डिसेम्बर ३१ का दिन यहाँका सशस्त्र पाँच विद्रोही समूहसँग कोलम्बिया सरकारले युद्धविराम गरेको जनाएका थिए ।

उनले सो युद्धविरामको अवस्था यही सन् २०२३ को जनवरीदेखि आगामी जून ३० तारिखसम्म कायम रहने पनि बताएका थिए ।  कोलम्बियामा युद्धविरामसँगै विकसित भएको पछिल्लो राजनीतिक घटनाक्रमले यहाँका नागरिकमा शान्ति स्थापनाको आशा बढेको संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटेर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बताएका छन् ।

यही युद्धविरामको अवधिमा यहाँका सबै सशस्त्र समूहसँग शान्तिवार्ता प्रक्रिया अघि बढाउने र यसका माध्यमबाट देशमा शान्ति स्थापना गर्ने विषयमा सबै पक्ष लाग्न उनले जोड दिएका छन् ।

यो युद्धविरामको सदुपयोग गरेर कोलम्बियामा शान्ति स्थापनाको काममा लाग्न पनि महासचिव गुटेर्रेसले कोलम्बियाका सबै पक्षसँग आग्रह पनि गरेका छन् । उनका प्रवक्ता डुजारिकले आइतवार प्रकाशन गरेको विज्ञप्तिमा कोलम्बियामा शान्ति स्थापनाका लागि आवश्यक सबै सहयोग गर्न संयुक्त राष्ट्रसङ्घ सदैव तत्पर रहेको पनि जनाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here