अहिले चीसो निकै बढेको छ । चीसोमा न्यानो कपडा र स्वस्थकर खानेकुरा खाएर जोगिन सकिन्छ । जाडोमा अन्डाले निकै फाइदा पुर्याउँछ किनभने अन्डामा थुप्रै पोषक तत्व हुन्छ । एउटा रिपोर्ट अनुसार अन्डा प्रोटिनको सबैभन्दा राम्रFे स्रोत हो । एउटा अन्डामा छ ग्रFम प्रोटिन हुन्छ । प्रोटिनको प्रयोग हाम्रFे शरीरले एन्टिबडी बनाउन प्रयोग गर्छ, एन्टिबडीले शरीरमा सम्पूर्ण प्रकारको सङ्क्रमणबाट जोगाउन मदत गर्छ ।

अन्डामा राम्रFे मात्रामा स्वस्थकर पैmट पाइन्छ । यसले हाम्रFे शरीरको वजन नियन्त्रित गर्छ भने कोशिकाको विकासमा महत्वपूर्ण योगदान दिन्छ । जाडोमा हाम्रFे शरीर गर्म भयो भने शरीरमा रोग लाग्दैन । त्यसैगरी अन्डामा भिटामिन डी पनि पाइन्छ । जाडोमा घाम कम लाग्ने हुनाले भिटामिन डीको कमी पूरा गर्न अन्डा सेवन गर्न सकिन्छ । एउटा अन्डा खानाले भिटामिन डीको दैनिक आवश्यक १० प्रतिशत पूरा हुन्छ । त्यस्तै अन्डामा भरपूर मात्रामा जिङ्क, भिटामिन बी ६ र बी १२ हुन्छ, यसले हाम्रFे इम्युन सिस्टम मजबुत गर्छ । रूघाखोकी, सिजनल फ्लु, ब्याक्टेरिया र भाइरल इन्फेक्शनबाट बचाउँछ ।

तर अन्डाको सेवन निश्चित मात्रामा गर्नुपर्छ । बढी अन्डा खाएपछि थुप्रै समस्या हुन्छ । त्यस्तै तपाईं कुनै रोगबाट ग्रसित हुनुहुन्छ भने अन्डा सेवन गर्नुभन्दा पहिले चिकित्सकसँग सल्लाह लिनुपर्छ । अन्डा सेवन गरेपछि कुनै किसिमको समस्या भए खानुहुँदैन ।

यसैगरी अन्डाले दिमागको क्षमता बढाउँछ भने आँखामा फाइदा पुर्याउँछ । मांसपेशीको निर्माण चाँडै हुन्छ । गर्भावस्थामा अन्डा निकै लाभकारी हुन्छ । अन्डाले हाडलाई मजबुत बनाउँछ भने तनाव टाढा भगाउँछ । अन्डाले क्यान्सरको खतरा कम गर्छ । काँचो अन्डा कपालको लागि निकै फाइदाजनक हुन्छ । अन्डाको सेतो भाग डन्डीफोर आउँदा लगाएमा निको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here