प्रस, वीरगंज, १४ पुस/
वीरगंज महानगरपालिकाले वीरगंजबाट प्रकाशित हुने दैनिक/साप्ताहिक पत्रिकाका सञ्चालकहरूसँग छलफल गरेको छ । महानगरको आम सञ्चारमाध्यम नियमन तथा प्रवद्र्धन समितिले स्थानीय पत्रपत्रिकालाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले अन्तत्र्रिmया कार्यक्रम गरेको हो ।
महानगरपालिकाले दिंदै आएको लोककल्याणकारी विज्ञापन र सूचनालाई व्यवस्थित र पारदर्शी ढङ्गले समानुपातिकरूपमा वितरण गर्ने उद्देश्यले पत्रिकाहरूको समस्या र महानगरपालिकाले गर्न सक्ने समाधानका विषयमा छलफल गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए ।
उनले वीरगंजबाट प्रकाशित पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजनलाई व्यवस्थित गर्दैै उनीहरूको संरक्षण र संवद्र्धनका लागि महानगरपालिकाले ऐन, नियम, कानून बनाएर सहयोग पु¥याउँदै आएको बताए ।
कार्यक्रममा प्रतीक दैनिकका प्रधानसम्पादक जगदीश शर्माले महानगरले सुरुआत गरेको अभियान सराहनीय भएको बताए । उनले पत्रपत्रिकालाई गुणस्तरीयताका आधारमा वर्गीकरण गरी महानगरपालिकाबाट प्राप्त सहयोगलाई पारदर्शीरूपमा वितरण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पत्रिकाका सञ्चालकहरूले महानगरपालिकाले दिंदै आएको लोककल्याणकारी विज्ञापनबापत भुक्तानी लामो समयदेखि रोकिएको भन्दै चाँडै रकम निकासा गर्नुपर्ने आग्रह गरे । सबै पत्रिकालाई एउटै टोकरीमा हालेर व्यवहार गरिएको भन्दै अब समाचार सामग्रीका आधारमा वर्गीकरण गरी त्यही अनुरूपको रकम दिने व्यवस्था मिलाउन आग्रह गरे । कार्यक्रममा दैनिक र साप्ताहिक पत्रिकाका सञ्चालक तथा सम्पादकहरूसँग पहिलो र दोस्रो सत्रमा गरेर सुझाव लिइएको थियो ।
पहिलो सत्रको कार्यक्रममा वीरगंजबाट प्रकाशित दैनिक पत्रिकाका सम्पादक, प्रकाशकहरूको सहभागिता थियो भने दोस्रो सत्रको कार्यक्रममा साप्ताहिक पत्रिका सम्पादक, प्रकाशकहरूको सहभागिता थियो ।
महानगरपालिका सूचना शाखाका प्रमुख शम्भु कुशवाहाले सहजीकरण गरेको कार्यक्रममा नगरप्रमुखका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, प्रवद्र्धन समितिका मनोज पटेल, अमित अग्रवाल, मुस्कान श्रेष्ठ, माधुरी महतो, बृजलाल पासवानलगायतको सहभागिता थियो ।