प्रस, वीरगंज, ९ पुस/

नेपाल जेसीजको ४९औं अधिवेशनमा अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्ष गरी १७ पदको लागि शनिवार मतदान भएको छ ।

४९औं अधिवेशनमा अध्यक्ष पदको लागि पाँचजना उम्मेदवार रहेकामा एकजना उम्मेदवार अनिलबहादुर शाही ककस कार्यक्रममा अनुपस्थित भएकाले उनको उम्मेदवारी रद्द भयो भने निर्वाचनबाट विकाश मानन्धर विजयी भएका छन् । मानन्धरले ५९५ मत पाए भने उनका निकटम प्रतिद्वन्द्वी रविन पोखरेलले २९७ मत ल्याएका थिए । मानन्धरले आफ्ना तीनजना प्रतिद्वन्द्वी रवि पोखरेल, सुमन श्रेष्ठ र दीपेन्द्र निरौलालाई पछाडि पार्दै विजयी भएका हुन् ।

यस्तै, एक हजार २५० मतदाता रहेको नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षमा चार पदको लागि नौजना उम्मेदवार रहेकामा जीवनबहादुर कार्की, कुमार सिंह सान्वा लिम्बु, रजनी थापा र रश्मी बस्नेत विजयी भए भने अन्य उम्मेदवारहरू महेशचन्द्र ओझा, समप्रसाद पाण्डे, सुजन बरुवाल, कञ्चन झा, सन्दीप अग्रहरी पराजित भए ।

यसैगरी, १२ जना उपाध्यक्षको लागि १९ जना प्रतिस्पर्धामा रहेकामा भीमबहादुर कुँवर, वीरबहादुर भगत, सरोज अधिकारी, गुरुदेव पौडेल, राजाराम गौतम, अनुप सुनुवार, तेजप्रसाद उप्रेती, चिरञ्जीवी शर्मा, चन्द्रमणि भुसाल, सोनु श्रेष्ठ, राधिका भुसाल र स्वस्तिका आचार्य विजयी भए भने प्रदीप फुयाँल, सन्तोष माजाकोटि, सोनितराज ढुङ्गेल, दीपेन्द्र भट्टराई, हर्कबहादुर कडायत, केशवराज केसी र विपिन चौधरी पराजित भए ।

४९औं महाधिवेशनको लागि एक अध्यक्ष, चार कार्यकारिणी उपाध्यक्ष र १२ उपाध्यक्ष गरी १७ पदको लागि शनिवार मतदान भएको थियो र परिणाम पनि शनिवार राति नै सार्वजनिक भएको अधिवेशन कोषाध्यक्ष सन्तोष खनालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here