प्रस, वीरगंज, २९ मङ्सिर/

सशस्त्र र जनपद प्रहरीको टोलीले वीरगंज महानगरको रानीघाटस्थित चारवटा चामल गोदाममा छापामारी गरेको समाचार प्राप्त भएको छ।

छापामारीको क्रममा प्रहरीले अन्दाजी पाँच सय बोराभन्दा बढी भारतीय चामल नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ।

रानीघाट निवासी श्याम वर्णवाल, प्रद्युम्न गुप्ता, सुजीत गुप्ता, विनोद गुप्ताले सञ्चालन गरेको गोदाममा भारतीय चामल रहेको सूचनाको आधारमा प्रहरीले छापामारी गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिएका छन्।

रातिको समयमा भारतबाट भन्सार छली नेपाल ल्याएको चामल सो गोदाममा भण्डारण गरिएको सूचना स्थानीयले दिएपछि सुरक्षाकर्मीले छापामारी गरेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here