प्रस, वीरगंज, २४ मङ्सिर/

मधेस प्रदेशको बहुप्राविधिक शिक्षालय, प्रसौनी, बारामा कार्यरत कर्मचारीहरूबीचको मतान्तरका कारण अहिले शिक्षाको अवस्था भद्रगोल बनेको  अभिभावकहरूले आरोप लगाएका छन् ।

केही नेताहरूको संरक्ष्Fणमा वरिष्ठ कर्मचारीलाई पाखा लगाइ करारमा काम गर्ने कर्मचारीहरूको सो विद्यFलयमा हालीमुहाली बढ्दै गएपछि कर्मचारीहरूबीच मनमुटाव शुरू भएको छ ।

आपसी मनमुटावका कारण अध्ययन, अध्यापनमा समेत असर परिरहेको स्रोतले जनाएको छ ।

सम्बन्धित विषयका कर्मचारीहरू भएपनि पाखा लगाइ स्वास्थ्य क्ष्Fेत्रमा काम गर्ने टेकराज पौडेललाई शिक्षालय प्रमुख बनाइएको छ । त्यहाँ स्वास्थ्य सेवाको अध्ययन सो विद्यालयमा हुँदैन ।

करारका कर्मचारीलाई सरुवा गर्न नमिले पनि राजनीतिक संरक्ष्Fणमा करारका कर्मचारी मुकेश साहलाई सो विद्यालयमा सरुवा गरी प्रशासन प्रमुख  बनाएपछि विद्यालयमा विवाद बढेको हो । पटक–पटक विवादमा तानिएका तथा विभागीय कारबाहीसमेत भोगेका साह अहिलेसम्म राजनीति संरक्षणका कारण सुरक्षित भएको स्रोतले बताएको छ ।

हालै सञ्चालनमा आएको प्राविधिक विद्यालयलाई अहिले नै कर्मचारीहरूले कमाइखाने भाँडो बनाउन थालेपछि भविष्यमा यसको हबिगत के हुन्छ, सजिलै पत्ता लगाउन सकिन्छ ।

स्रोतका अनुसार सो शिक्षालयको भवन बनाउनका लागी स्थानीय सरकारले पाँच बिघा जग्गा कलेजको नाममा निश्शुल्क गरेपछि भवन बनाउनका लागि सङ्घ सरकारले तीन करोड रकमसमेत विनियोजित गरेको छ ।

स्रोतका अनुसार सिटिइभिटी अन्तर्गत सञ्चालनमा रहेको सो विद्यालयमा करारका कर्मचारी साहको पहलमा नै पौडेललाई प्रमुख बनाएको र मिलेमतोमा रकम हिनामिना गरेपछि अन्य कर्मचारीहरू रुष्ट भएका छन् । सिटिइभिटीका सदस्य–सचिव जीवनारायण काफ्लेले करारका कर्मचारीको रूपमा रहेका साहको निर्देशनमा नै कर्मचारी खटनपटन हुने गरेको बताए । साहले योग्यता नपुगेका आफ्नै पत्नीलाई लाइब्रेरी इन्चार्जसमेत बनाएका छन् । बाराको प्रसौनी मात्र होइन, मधेसमा नै सदस्य–सचिव काफ्लेले रोजेको ठाउँमा साहलाई पठाउने गरेको स्रोतले बताएको छ ।

रौतहटमा रहेको नर्सिङ कलेजमा साह  प्रशासन प्रमुख भएका बेला आफ्नै पत्नीलाई पियनमा जागीर लगाइ नक्कली हस्ताक्ष्Fर गरी रकम झिक्दै आएका कारण विवादमा साह मुछिएका थिए ।   हालैमा सरुवा भई आएका साहले बाराको प्रसौनीमा सरुवा भई आएपछि पुनः विवादमा तानिएका छन् । विद्यालयका एक कर्मचारीका अनुसार अभिभावकलाई विद्यालयमा बोलाइ केही खर्च गरेमा विद्यार्थीहरूलाई पास गराउन चिटको व्यवस्था मिलाइदिने भन्ने गरेको बताउँछन ।  कर्मचारीहरूलाई थाहै नदिई कार्यालय छोडी हिंड्ने, कामभन्दा बढी नेताहरूको पछिपछि हिंड्ने उनको बानी रहेको स्रोतको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here