प्रस, वीरगंज, १५ मङ्सिर/

वीरगंज महानगरपालिकाको आयोजना तथा विभिन्न सरकारी, गैरसरकारी संस्थाको सहयोगमा बिहीवार विश्व एड्स दिवस मनाइएको छ ।

आज बिहान घण्टाघरबाट ¥याली निकाली नगरपरिक्रमापश्चात् घण्टाघरमा कोणसभा गरिएको थियो । स्वास्थ्य कार्यालय, पर्साका अधिकृत विनोद झाको अध्यक्षतामा भएको कोणसभामा वीमनपाका सुमनचन्द्र ठाकुर र नारायणी अस्पतालका डा प्रभाकर पाण्डेलगायतले मन्तव्य राखेका थिए ।

कोणसभामा अधिकृत झाले एचआइभीको परीक्षण सबै स्वास्थ्य केन्द्र तथा सङ्घसंस्थामा निश्शुल्क उपलब्ध भएको जानकारी गराए । उनले सन् २०३० सम्म नेपालमा एचआइभीलाई शून्यमा पु¥याउने लक्ष्य नेपाल सरकारको रहेको बताए । कार्यक्रमको सहजीकरण विजामका कार्यक्रम अधिकृत नीरज साहले गरेका थिए ।

यसैगरी, विश्व एड्स दिवसको अवसरमा आज २१ जना एचआइभी सङ्क्रमितलाई कम्बल वितरण गरिएको थियो ।

पर्सा जिल्लामा ५५० जना एचआइभीका सक्रिय सङ्क्रमित छन् । उनीहरूलाई नारायणी अस्पतालमा एआरटी सेवा दिइँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here