वार्सा, ८ मङ्सिर, (रासस–सिन्ह्वा)
पोल्यान्डले जर्मनीविरुद्ध युद्धको क्षतिपूर्ति दाबी गर्दै युरोपेली सङ्घ (ईयु) का सबै देश, उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) र काउन्सिल अफ युरोपलाई कूटनीतिक नोट पठाएको छ । पोल्यान्डका उप विदेशमन्त्रीले दिएको जानकारी अनुसार सेप्टेम्बर १ मा पोल्यान्ड सरकारले दोस्रो विश्वयुद्धमा पोल्यान्डले भोगेको भौतिक क्षतिको विस्तृत विवरण प्रस्तुत गरेको थियो । पोल्यान्डले जर्मनीसँग १.३ ट्रिलियन युरो आर्थिक क्षतिपूर्ति माग गरेको छ ।
पोल्यान्डको विदेश मन्त्रालयले जर्मनीलाई, युद्धमा भएको क्षति पूर्ति गर्न अनुरोध गर्दै कूटनीतिक नोट पठाएको हो । यद्यपि जर्मनीले पोल्यान्डलाई क्षतिपूर्तिको मुद्दाका विषयमा भने कुनै प्रतिक्रिया दिएको छैन ।
प्रतिवेदन तयार गर्ने जिम्मा लिएको टोलीको नेतृत्व गरेका पोल्यान्डका उपविदेशमन्त्री अर्काडियस मुलार्कजिकले पोल्यान्ड प्रेस एजेन्सी (पिएपी) लाई कूटनीतिक नोट कूटनीतिज्ञ, राजनीतिज्ञ, मानवअधिकारसँग संलग्न र अन्तर्राष्ट्रिय वकिलहरूलाई जानकारी गराउन पठाइएको बताए । उनले भने– “युरोपेली र अन्तर्राष्ट्रिय कानूनको शासन, मानव अधिकारसँग सरोकार राख्छ ।
मुलार्कजिकको प्रतिवेदन–कागजातले जर्मनीले, युद्धको परिणामस्वरूप पोल्यान्डले भोगेको, नोक्सान व्यवस्थित नगरेको देखाएको छ । लुटेका कलाकृति एवं बैंक सम्पत्ति फिर्ता गरेको देखिंदैन । जर्मन आक्रमणबाट पोलिश नागरिकले भोगेको क्षतिको लागि क्षतिपूर्ति दिएको थियो ।
बर्लिनले पोल्यान्डसँग आफ्नो खाता नमिलेको र वार्साले पठाएको कूटनीतिक नोटको जवाफ पनि नदिएपछि पोल्यान्डले यस विषयमा अन्तर्राष्ट्रिय स्तरमा छलफल शुरू गर्न चाहेको छ । रासस