प्रस, वीरगंज, ८ मङ्सिर/
महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को २२औं साधारणसभा बिहीवार गहवामाई अतिथि सदनमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमले आव २०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले रु पाँच करोड ६९ लाख आम्दानी गरेको बताए । उनले रु तीन करोड पाँच लाख खर्च भई सञ्चालन मुनाफा दुई करोड ६४ लाख भएको बताए । उनले संस्थाका सदस्यहरूलाई १८ प्रतिशत लाभांश वितरण गरिएको बताए । उनले कार्यक्रममा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत गहवामाई मन्दिरको अतिथि सदन सौन्दर्यीकरण गर्न रु छ लाख ३९ हजार पारित गरिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि पर्सा बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष राजेश पडित, संस्थाका शेयरधनी सदस्य मोहन सर्राफ, शेयरधनी सदस्य प्राध्यापक उपेन्द्र पण्डितलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
अध्यक्ष गौतमको सभापतित्वमा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष अमर राजभण्डारी र धन्यवाद ज्ञापन बालमुकुन्द खरेलले गरेका थिए ।