प्रस, परवानीपुर, ६ मङ्सिर/

मतगणनाको पछिल्लो मत अद्यावधि अनुसार बारा क्षेत्र नं १ मा एमालेका अच्युतप्रसाद मैनालीले प्रतिनिधिसभा सदस्यतर्फ अग्रता कायम राखेका छन् । उनलाई नेपाली काङ्ग्रेसका उमाकान्त चौधरीले पछ्याइरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल तेस्रFे स्थानमा छन् । मैनालीले १२ हजार ८२ मत ल्याएका छन् भने चौधरीले नौ हजार ४६३ मत पाएका छन् ।

त्यसैगरी, क्ष्Fेत्र नं २ मा स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव चार हजार २२९ मत ल्याइ अगाडि छन् भने उनलाई माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाले तीन हजार ३९२ मतले पछ्याइरहेका छन् भने जसपाका रामसहायप्रसाद यादव तेस्रो स्थानमा छन् ।

यसैगरी, क्षेत्र नं ३ मा जसपाका रामबाबूकुमार यादव पाँच हजार ८३६ मतले अग्रस्थानमा छन् भने एमालेकी ज्वालाकुमारी साह पाँच हजार ३२६ मत  ल्याइ पछ्याइरहेकी छन् ।

त्यसैगरी, क्षेत्र नं ४ मा सत्तारूढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार कृष्णकुमार श्रेष्ठले छ हजार १३४ मत ल्याएका छन् भने एमालेका एकबाल मियाँ तीन हजार ८८१ मतले दोस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका पवनकुमार चौधरी तेस्रो स्थानमा छन् ।

प्रदेशसभातर्फ बारा क्षेत्र नं २ (१) मा एमालेका बलवीरप्रसाद चौधरी दुई हजार ५३३ मत ल्याइ अगाडि छन् भने स्वतन्त्र उम्मेदवार शारदाशङ्कर कलवार एक हजार ९२७ मतले दोस्रो स्थानमा छन् ।

त्यसैगरी, २ (२)मा नेकाका रामअयोध्याप्रसाद यादव दुई हजार ५४८ मतले अगाडि छन् भने उनलाई जसपाका बच्चा राउत अहिरले दुई हजार ४११ मतले पछ्याइरहेका छन् । 

यसैगरी, ४ (१)मा एमालेका देवनारायण थारू चार हजार २५७ मतले अगाडि देखिएका छन् भने माओवादीका क्ष्Fेत्रबहादुर श्रेष्ठ तीन हजार ४८९ मत ल्याइ पछ्याइरहेका छन् ।

बारा क्ष्Fेत्र नं ४ (२)मा लोसपाका जीतेन्द्रप्रसाद सोनार छ हजार ८३ मतले अगाडि छन् भने उनलाई जनता प्रगतिशील पार्टीका छोटेलाल साहले तीन हजार ८१६ मतले पछ्याइरहेका छन् । बारा क्षेत्र नं १ (१)मा एमालेका त्रिलोकीप्रसाद चौधरीले ८४५ मत पाएका छन् भने नेकाका रमेश दङ्गालले ८३३ मत पाएका छन् । यो क्षेत्रको मतगणना आजबाट शुरू भएको हो ।

यसैगरी, १ (२)मा पनि आज दिउँसोदेखि मतगणना शुरू भएको र परिणाम आउन सकेको छैन । बारा क्षेत्र नं ३ (१) मा एमालेका रवीन्द्रदास श्रेष्ठ चार हजार ९७६ र माओवादीका मुकेश साहले चार हजार ९६० मत पाएका छन् । क्षेत्र नं ३ (२)को पनि मतगणना आज दिउँसोदेखि शुरू भएको र परिणाम आउन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here