प्रस, वीरगंज, ३ मङ्सिर/
पिताको हत्याको आरोपमा छोरालाई बारा प्रहरीले पक्राउ गरेको जनाएको छ। विश्रामपुर गाउँँपालिका–५ इटियाही बस्ने ५० वर्षीय शुकर पासवानको हत्या गरेको आरोपमा २० वर्षीय परदेशी पासवानलाई कात्तिक ७ गते राति प्रहरीले पक्राउ गरेको बताइन्छ। घरायसी विवादका कारण परदेशीले पितामाथि दाउरा प्रहार गरेपछि गम्भीर घाइते भएको र उपचारको क्रममा शुक्रवार नेशनल मेडिकल कलेज, वीरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।