प्रस, वीरगंज, १ मङ्सिर/

वीरगंज महानगरपालिका–२ छपकैया टोल सुधार समितिले बिहीवारदेखि साताव्यापी निश्शुल्क भोजन शुरू गरेको छ । समितिका अध्यक्ष मनोज अर्यालले आजदेखि निश्शुल्क भोजन शुरू गरेको र प्रत्येक साताको बिहीवार दीनदुःखीहरूलाई निश्शुल्क भोजन गराउने लक्ष्य रहेको बताए ।

उनले आजबाट आफूले सुरुआत गरेको र यसमा सहयोगी हातहरू थपिने र कार्यक्रमलाई निरन्तरता दिन हरसम्भव प्रयास गरिने बताए । आज पहिलो दिन ५४ जना दीनदुःखी, गरीबहरूलाई निश्शुल्क भोजन गराइएको समितिका अध्यक्ष मनोज अर्यालले बताए ।

वीरगंज महानगर–६ मा सबैभन्दा बढी निश्शुल्क भोजन गराइन्छ । करीब सात वर्षदेखि नारायणी युवा समितिले महावीरस्थान गलीमा प्रत्येक साताको शनिवार निश्शुल्क भोजन गराउँदै आएको वडाध्यक्ष्F जयप्रकाश शाहले बताए ।

यसैगरी, सोही वडाको रेशमकोठी द्वारनिर माँ अन्नपूर्ण निश्शुल्क भोजन मासिकरूपमा गराइँदै आएको छ । स्थानीय हुकुम सिंहले करीब तीन वर्षदेखि महीनाको अन्तिम शनिवार गरीब, दीनदुःखीहरूलाई निश्शुल्क भोजन गराउँदै आएको बताए ।

यसैगरी, मारवाडी महिलाहरूको समूहले पनि प्रत्येक साताको बिहीवार रु पाँचमा भोजन गराउँदै आएको छ । केही महिला मारवाडीले घरमा पकाएको खाना समूहमा दिने र त्यो समूहले गरीब, दीनदुःखीलाई रु पाँचमा शहरका विभिन्न स्थानमा पुगेर खाना उपलब्ध गराउँदै आएको छ । यसको नेतृत्व नूतन सरावगीले गर्दै आएको वडाध्यक्ष शाहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here