प्रस, वीरगंज, २६ कात्तिक/

जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना जारी गर्दै कात्तिक २७ गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि पर्सा जिल्लामा मदिरा निषेध गरेको छ ।

जिप्रका, पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सूचना जारी गर्दैै निर्वाचनलाई मध्यनजर गर्दैै स्वच्छ, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नको लागि मदिरा ओसारपोसार, बिक्री वितरण र सेवनमा कात्तिक २७ गते आइतवार राति १२ बजेदेखि मङ्सिर ४ गते निर्वाचन सम्पन्न नहुन्जेलसम्मको लागि बिक्री वितरण, ओसारपोसार र सेवनमा प्रतिबन्ध लगाएका छन् ।

उनले यो निषेधको प्रतिकार गर्नेलाई प्रचलित कानून अनुसार कारबाई हुने चेतावनी पनि दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here