मोगादिसु, २० कात्तिक/सिन्ह्वा

मोगादिसुको दक्षिणी भागमा रहेको सैन्य प्रशिक्षण शिविरको प्रवेशद्वारमा शनिवार साँझ भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतवार जानकारी दिएका छन् ।

हताहत हुनेहरूमा सर्वसाधारण र नयाँ भर्ती भएकाहरू रहेका गारोवे न्यूज पोर्टलले एक सैन्य अधिकारीलाई उद्धृत गर्दै जानकारी दिएको छ । यस आक्रमणमा परी धेरै मानिस घाइते भएका जनाइएको छ । इस्लामिक लडाकू समूह अल–सबाबले यस आक्रमणको जिम्मेवारी लिएको छ ।

इस्लामवादी लडाकू समूह अल–सबाबले आक्रमणको जिम्मेवारी लिएको अन्य स्थानीय सञ्चारमाध्यमले पनि जानकारी दिएका छन् । सोमालियाको हिरान क्षेत्रको एउटा गाउँमा गत बिहीवार साँझ सरकार समर्थक मिलिशियाले समर्थन गरेको सोमाली राष्ट्रिय सेनाले एक सयभन्दा बढी अल–सबाब लडाकूहरूलाई मारेको जनाइएको छ ।

एक हप्ताअघि मोगादिसुमा सोमालियाको शिक्षा मन्त्रालयको भवनलक्षित गरी दुईवटा कार बम विष्फोटमा कम्तीमा एक सयजनाको मृत्यु हुनुका साथै तीन सयभन्दा बढी घाइते भएका थिए ।

अल–सबाबले सोमालियाको केन्द्रीय सरकारलाई ध्वस्त पार्न र इस्लामिक कानूनको कडा व्याख्याको आधारमा आफ्नै शासन स्थापना गर्न एक दशकभन्दा बढी समयदेखि लडिरहेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here