अन्नपूर्ण (कास्की), ३ कात्तिक/रासस
नवौं राष्ट्रिय खेलकूद अन्तर्गत एथलेटिक्स दुर्ई सय मिटर दौडमा सशस्त्र प्रहरी बल (एपिएफ)का शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् ।
पोखरा रङ्गशालामा बिहीवार पुरुषतर्फ शिवराजले निर्धारित दूरी २१ दशमलव ९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
महिलातर्फ लुम्बिनीकी निशाले २५ दशमलव २४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् ।
साइक्लिङमा विभागीय खेलाडीको वर्चस्व
साइक्लिङ प्रतियोगिताको सबै विधा आज सम्पन्न भएको छ । साइक्लिड्ढा चार विधामा पुरुष र महिला गरी आठ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा विभागीय खेलाडीले वर्चस्व राखेका छन् । त्यस अन्तर्गत नेपाल आर्मीले चार स्वर्ण, एपिएफले दुर्ई स्वर्ण, वाग्मती र गण्डकी प्रदेशले एक/एक स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।
एथ्लेटिक्समा आर्मी च्याम्पियन
एथ्लेटिक्स विधाको खेल समापनसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब टीम च्याम्पियन बनेको छ । सर्वाधिक ३७ स्वर्ण पदकका लागि भएको भिडन्तमा आर्मीले १९ स्वर्ण पदक जित्दै टीम च्याम्पियन बन्न सफल भयो । आर्मीले १९ स्वर्णसहित १३ रजत र १३ कांस्य गरी कुल ४५ पदक हात पा¥यो ।
त्यसैगरी, सशस्त्र प्रहरी बल (एपिएफ) दोस्रो स्थानमा रह्यो । एपिएफले १० स्वर्ण, १० रजत र १० कांस्यसहित कुल ३० पदक जित्दै दोस्रो बनेको हो । प्रतियोगितामा नेपाल प्रहरी क्लब तेस्रो बन्यो । प्रहरीले दुर्ई स्वर्ण, सात रजत र छ कांस्यसहित कुल १५ पदक जितेर तेस्रो स्थानमा रहेको हो । वाग्मती प्रदेशले दुर्ई स्वर्ण, एक रजत र चार कांस्य पदक जित्यो भने लुम्बिनीले दुर्ई स्वर्ण, चार रजत र एक कांस्य जित्यो । गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र दुर्ई कांस्य जित्यो । त्यसैगरी, कर्णाली प्रदेशले एक स्वर्ण र एक रजत तथा सुदूरपश्चिमले एक कांस्य पदक जितेको छ ।
टेनिसमा आर्मी चार स्वर्णसहित टीम च्याम्पियन
टेनिसमा विभागीय टोली नेपाली सेना चार स्वर्णसहित १० पदक जितेर टीम च्याम्पियन बनेको छ ।
यसैगरी, गण्डकी प्रदेशले तीन स्वर्ण र दुर्ई कांस्यसहित पाँच पदक जितेर द्वितीय बन्न सफल भयो । वाग्मती प्रदेश एक कांस्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कांस्य र तीन रजत पदक जित्यो । नेपाल प्रहरीले एक रजत र तीन कांस्य पदक जित्दा एनआरएनले एक रजतमा चित्त बुझायो ।
यसैगरी, आज सम्पन्न टेनिसको पुरुष एकलतर्फको प्रतिस्पर्धामा गण्डकीका प्रदीप खड्का र महिलातर्फ नेपाली सेनाका अभिलाषा विष्टले स्वर्ण पदक जिते । पोखरा रङ्गशालाको टेनिस कोर्टमा भएको अन्तिम चरणको प्रतिस्पर्धामा पुरुष एकलमा गण्डकीका खड्काले एनआरएनएका आरभ सम्राट हाडालाई ७–६, ६–३ सेटमा जित निकाल्दै स्वर्ण पदक जिते । नेपालको पहिलो वरीयताका खड्काले स्वर्ण जित्दा हाडाले कांस्यमा चित्त बुझाउनुप¥यो ।
यसैगरी, महिला एकलतर्फको प्रतिस्पर्धामा सेनाका अभिलाषाले सेनाकै इरा रावतलाई ६–१, ६–६ सेटमा पराजित गर्दै स्वर्ण पदक जितिन् । पुरुष एकलतर्फ गण्डकीले स्वर्ण र एनआरएनले रजत पदक जित्दा सशस्त्र प्रहरीका सन्तोष खत्री र सेनाका प्रणव खनालले कांस्य पदक जिते ।
महिला एकलतर्फ सेनाले स्वर्ण र रजत पदक जित्दा वाग्मतीका रायना शाह र प्रकृति श्रेष्ठले कांस्य पदक जिते । पुरुष युगलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल साइको जोडीले स्वर्ण पदक जित्दा सेनाका प्रणव र अकि जुवेन रावतको जोडीले रजत पदक जितेको छ । गण्डकीका आशिष खड्का र सौगात विकको जोडी र वाग्मतीका निसान श्रेष्ठ र प्रीतम परियारको जोडीले कांस्य जिते ।
महिला युगल विधामा नेपाली सेनाका अभिलाषा र आइरा महर्निषा रावतको जोडीले स्वर्ण जित्दा वाग्मतीका प्रकृति श्रेष्ठ र रायना शाहको जोडीले रजत पदक जितेको छ । सेनाका इशाश्री शाह र सुभाङ्गी लक्ष्मी शाहको जोडी र सशस्त्रका सुनिरा थापा र सर्भानी श्रेष्ठको जोडीले कांस्य पदक जित्यो ।
टेनिसको मिश्रित युगलको विधामा सेनाका प्रणव र अभिलाषाको जोडीले स्वर्ण पदक जित्दा नेपाल प्रहरीका आर्यन गिरी र आइसा डोल्कर गुरुड्ढो जोडीले रजत पदक जित्यो । सेनाका अनिल साई र प्रीति बरालको जोडी र सशस्त्रका गोविन्द नेपाली र इशाश्री शाहको जोडीले कांस्य पदक जित्योे ।
टेनिसको टीम इभेन्ट विधामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ नेपाली सेनाले स्वर्ण पदक जितेका छन् ।
एथ्लेटिक्समा सबैभन्दा बढी स्वर्ण जित्ने जयरानी
त्रिभुवन आर्मी क्लबमा आबद्ध धाविका २१ वर्षीय जयरानी थारूले पाँच स्वर्ण पदक हात पारिन् । एथ्लेटिक्समा पाँचवटा स्वर्ण पदक हात पार्ने उनी एक्ली खेलाडी बन्न सफल भइन् ।
पाँच स्पर्धामा भाग लिएकी जयरानीले सबै स्पर्धामैं स्वर्ण जितेकीमा तीनवटा स्पर्धामा राष्ट्रिय कीर्तिमानसमेत बनाइन् । उनले एथ्लेटिक्सको चार गुणा १०० मिटर रिलेमा स्वर्ण जितिन् भने चार सय मिटर हर्डल्स र १०० मिटर हल्र्डसमा आफ्नै प्रदर्शन सुधार्दै स्वर्ण जितिन् । जयरानीले लङजम्पमा कीर्तिमानसहित स्वर्ण पदक हात पारिन् । आजै भएको चार गुणा चार सय मिटर रिलेमा पनि उनले स्वर्ण पदक हात पारिन् । यसैगरी, एथ्लेटिक्स अन्तर्गतको पुरुषतर्फको खेलमा सबैभन्दा बढी पदक जित्ने खेलाडी शिवराज पार्की भए । एपिएफका खेलाडी उनले तीन स्वर्ण पदक हात पारे । शिवराजले दुर्ई सय मिटर पुरुष, एक सय मिटर दौड र रिलेमा स्वर्ण पदक हात पारेका हुन् । त्यसैगरी, महिला १०० मिटरमा सरस्वती चौधरीले राष्ट्रिय रेकर्ड बनाउँदा पुरुष १० हजार मिटरमा दीपक अधिकारीले कीर्तिमान बनाएका थिए । चार सय मिटर हर्डल्समा पुरुषतर्फ सोमबहादुर कुमालले र महिलातर्फ रमिताकुमारी थारूले नयाँ कीर्तिमानी बनाए । तीन सय मिटर स्टिपल चेसमा दुर्गाबहादुर बुढाले राष्ट्रिय कीर्तिमान बनाउँदा लङजम्पको पुरुषतर्फ सलिम देवानले राष्ट्रिय कीर्तिमान कायम गरे । एथ्लेटिक्समा आर्मी, एपिएफ, प्रहरी, प्रदेश नं १, मधेस प्रदेश वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका खेलाडीले भाग लिएका थिए ।
निसिमलाई सम्झँदै सकियो प्याराग्लाइडिङ
प्याराग्लाइडिङ खेल निसिमलाई सम्झँदै सकिएको छ । प्रतियोगिताको अन्तिम दिन मङ्गलवार खेलकै क्रममा ज्यान गुमाएका प्याराग्लाइडिड्ढा निसिम थापालाई सम्मानस्वरूप स्वर्ण पदक र २५ हजार नगद दिइएको छ ।
खेलाडी गुमाउनुको पीडालाई राज्यले थप सम्मान दिने निर्णय गरिएको छ । प्याराग्लाइडिड्ढा खेलाडी थापालाई सरकारले सम्मानस्वरूप स्वर्ण पदक दिएको हो । उनका काका भेनस थापाले पदक लिए । थापाको नाममा पोखरा रङ्गशालामा अर्धकदको सालिक बन्नेछ । बीमाको रकमबाहेक मन्त्रिपरिषद्बाट थप सहायताको लागि युवा तथा खेलकूद मन्त्रालयले प्रस्ताव लैजाने मन्त्री महेश्वरजङ्ग गहतराजले जानकारी दिए । नेपाल आर्मीको समूहले ब्यानरमा उनको रङ्गीन तस्वीरसहित “वी वील मिस यू … ।” लेखेको छ । मन्त्रीसहित राखेपका पदाधिकारीको समूह उनका परिवारलाई भेट्न गएको छ । खेलकै क्रममा दुर्घटना भएपछि स्थगित प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो अभ्यास खेलको नतीजालाई आधार मानेर गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र रावतले जानकारी दिए । क्रस कन्ट्री, टीम क्रस कन्ट्री र एक्युरेसी विधामा भएका खेलमा टीम र एकलतर्फ गण्डकी र विभागीय टिम नेपाली आर्मीले समान तीन/तीन स्वर्ण जितेका छन् । जस अनुसार क्रस कन्ट्रीमा गण्डकीको टीमले स्वर्ण पदक जितेको छ । खेलाडी विजय गौतम, सुशील गुरुङ, शेरबहादुर गुरुङ र युकेश गुरुङ सम्मिलित गण्डकीको टीमले कुल दुर्ई हजार ७५० अङ्कसहित स्वर्ण पदक हात पारेको हो ।
विभागीय टीम आर्मीले क्रस कन्ट्रीमा रजत पदक जितेको छ । कुल दुर्ई हजार ५५५.९ अङ्कसहित आर्मीले रजत पदक जितेको हो । टीममा सुरज थापा, विजय दाहाल, निसिम थापा र विशाल जलारी सहभागी थिए । उक्त टीमका निसिम थापाको दुर्घटनाकै कारण असोज ३० गते मृत्यु भएको थियो ।
वाग्मती प्रदेशले क्रस कन्ट्रीमा कांस्य पदक हात पारेको छ । कांस्य जितेको वाग्मती प्रदेशको टीममा कृष्णबहादुर सुनुवार, मोहनकुमार सुनुवार, विशाल लामा र भवन आचार्य सहभागी थिए । उनीहरूले कुल दुई हजार १४८.३ अङ्क प्राप्त गरेको सङ्घले जनाएको छ ।
व्यक्तिगत पुरुषतर्फ आर्मीलाई स्वर्ण
क्रस कन्ट्री विधाको व्यक्तिगततर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । आर्मीका सुरुज थापाले कुल एक सय अङ्कसहित स्वर्ण पदक हात पारेका हुन् । प्याराग्लाइडिड्ढै एक्युरेसी विधाको समूह पुरुष स्पर्धामा गण्डकी प्रदेशले स्वर्ण पदक हात पारेको छ भने एक्युरेसी व्यक्तिगत पुरुष विधातर्फ गण्डकीले नै स्वर्ण पदक हात पारेको छ । त्यस्तै, महिला टीम एक्युरेसीतर्फ विभागीय टीम नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ भने महिला एक्युरेसी व्यक्तिगत महिलातर्फ आर्मीले स्वर्ण पदक प्राप्त गरेको छ ।
बक्सिङमा ११ स्वर्णसहित आर्मी च्याम्पियन
बक्सिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ११ स्वर्णसहित च्याम्पियन बनेको छ । एपिएफले चार, वाग्मतीले तीन, एनआरएनले दुर्ई, गण्डकी प्रदेश, प्रदेश नं १ र नेपाल पुलिसले समान एक/एक स्वर्ण पदक जितेका छन् ।
प्रतियोगिता अन्तर्गत ४८ किलो तौल समूहमा आर्मीका सुशील थापा, ५१ किलो तौल समूहमा नेपाल पुलिस क्लबका चन्द्रबहादुर थापा, ५४ किलो तौल समूहमा आर्मीका प्रेम चौधरी, ५७ किलो तौल समूहमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का शिवु थापा, ६० किलो तौल समूहमा आर्मीका पुरन सुनुवार, लाइट ६३ किलो तौल समूहमा वाग्मतीका मौसम रानामगरले स्वर्ण पदक जिते ।
त्यस्तै, ६७ किलो तौल समूहमा आर्मीका दानबहादुर दर्माली, लाइट ७१ किलोमा एनआरएनका चन्द्रबहादुर तामाङ, ७५ किलो तौल समूहमा आर्मीका दीपक श्रेष्ठ, लाइट ८० किलोतर्फ आर्मीका महेन्द्र केसीले स्वर्ण पदक जिते । ८६ किलो तौल समूहमा एपिएफका रविन नेपाली, ९२ किलो तौल समूहमा गण्डकीका दीपक सुनुवार, ९२ किलोभन्दा माथिको तौल समूहमा आर्मीका आशिष दवाडीले स्वर्ण पदक हात पारे ।
यसैगरी, महिलातर्फ ४८ किलो तौल समूहमा वाग्मती प्रदेशकी सुषमा तामाङ, महिलातर्फको ५० किलो तौल समूहमा पुलिसकी दिवाना शर्मा, ५२ किलो तौल समूहमा आर्मीकी मीनु गुरुङ, ५४ किलो तौल समूहमा आर्मीकी वर्षा श्रेष्ठ, ५७ किलो तौल समूहमा आर्मीकी चन्द्रकला थापा, ६० किलो तौल समूहमा एपिएफकी सङ्गीता सुनार, ६३ किलो तौल समूहमा आर्मीकी पूनम रूवाल, ६६ किलो तौल समूहमा एपिएफकी विनीता मगर, ६९ किलो तौल समूहमा एपिएफकी सरस्वती रानामगरले स्वर्ण पदक हात पारे ।
दुर्ई सय मिटर दौडमा शिवराज र निशालाई स्वर्ण
एथलेटिक्स दुर्ई सय मिटर दौडमा सशस्त्र प्रहरी बल (एपिएफ)का शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् ।
पोखरा रङ्गशालामा आज सम्पन्न दौडमा पुरुषतर्फ शिवराजले निर्धारित दूरी २१ दशमलव ९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
महिलातर्फ लुम्बिनीकी निशाले २५ दशमलव २४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् ।
पाँच हजार मिटर दौडमा एपिएफका गोपीचन्द्रलाई स्वर्ण
त्यस्तै, एथलेटिक्स अन्तर्गत पाँच हजार मिटर दौडमा एपिएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् । दौडमा निर्धारित दूरी १४ मिनेट २९ दशमलव ६७ सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण पदक हात पारेका हुन् ।
यसअघि १० हजार मिटर दौडमा गोपीचन्द्रले रजत पदक जितेका थिए ।
महिला बास्केटबलमा छ पदकको टुङ्गो
तनहुँमा सम्पन्न महिला बास्केटबलमा छ पदकको टुङ्गो लागेको छ । असोज २८ देखि कात्तिक २ गतेसम्म सम्पन्न बास्केटबलको फाइभ अन फाइभमा तीन र थ्री बाइ थ्रीमा तीन पदकको टुङ्गो लागेको हो ।
महिला बास्केटबलको फाइभ अन फाइभमा एक विभागीय र पाँच प्रदेश गरी छ टोलीको सहभागिता थियो । थ्री बाइ थ्रीमा दुई विभागीय र छ प्रदेशसहित आठ टीमको सहभागिता थियो ।
प्रतियोगितामा दुवैतर्फ गरी त्रिभुवन आर्मी क्लबले एक स्वर्णसहित दुर्ई, सशस्त्र प्रहरीले एक स्वर्ण, वाग्मती प्रदेशले एक रजत र गण्डकी प्रदेशले दुई कांस्य पदक जितेको नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको फाइभ अन फाइभमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।
वाग्मती प्रदेशले रजत पदक जित्दा गण्डकी प्रदेशले कांस्य पदक जितेको छ । थ्री बाइ थ्रीतर्फ सशस्त्र प्रहरीले स्वर्ण पदक जितेको छ । त्रिभुवन आर्मी क्लबले रजत जित्दा गण्डकी प्रदेशले कांस्य पदक जितेको छ ।
त्रिपलजम्पमा शिला र डिल्लीले स्वर्ण जिते
एथलेटिक्सको त्रिपलजम्पमा शिला चौधरी र डिल्ली खत्रीले स्वर्ण पदक हात पारेका छन् ।
पोखरा रङ्गशालामा आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)की शिलाले महिलातर्फको विधामा स्वर्ण पदक जितेकी हुन् । शिलाले ११ दशमलव एक मिटर जम्प गर्दै स्वर्ण पदक हात पारेकी हुन् । नवौं राष्ट्रिय खेलमा शिलाको यो पहिलो स्वर्ण पदक हो ।
सोही स्पर्धाको पुरुषतर्फ डिल्लीले स्वर्ण पदक हात पारे । त्रिभुवन आर्मी क्लबका खेलाडी डिल्लीले १३ दशमलव ९५ मिटर जम्प गर्दै स्वर्ण पदक जितेका हुन् ।
चार गुणा चार सय मिटर रिले दौडको दुवै विधामा आर्मीलाई स्वर्ण
एथ्लेटिक्सको चार गुणा चार सय मिटर रिले दौडको पुरुष र महिलातर्फका दुवै विधामा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।
पोखरा रङ्गशालामा आज भएको खेलमा आर्मीका सोमबहादुर कुमाल, रामप्रसाद थारू, जीवन चौधरी र प्रकाश दनुवारको टोलीले तीन मिनेट १८ दशमलव ३६ सेकेन्ड समय लगाउँँदै स्वर्ण पदक हात पारेका हुन् ।
यसैगरी, सोही स्पर्धाको महिलातर्फको विधामा पनि त्रिभुवन आर्मी क्लबले नै स्वर्ण जितको छ ।
सरस्वती भट्टराई, जयरानी थारू, निर्मला थापा र कलेसी चौधरी सम्मिलित टोलीले चार मिनेट शून्य दुर्ई दशमलव ७८ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो ।