प्रस, सेढवा, २७ असोज/

पर्सा क्ष्Fेत्र नं ४ बाट प्रतिनिधिसभामा नौजना र प्रदेशसभामा (क) र (ख)बाट १०/१० जना उम्मेदवार गरी २९ जना उम्मेदवार भएका छन् ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको लागि ११ जनाको उम्मेदवारी परेको थियो । जसमा दुईजना राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर शाक्य र स्वतन्त्र उम्मेदवार महम्मद कलिम मन्सुरीले उम्मेदवारी फिर्ता लिएका थिए । अब यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको लागि सत्तारूढ गठबन्धनबाट नेपाली काङ्ग्रेसका रमेश रिजाल, जसपा–एमाले गठबन्धनबाट एमालेका जालीम मियाँ मन्सुरी, राप्रपाका अवधेशप्रसाद गौरो, जनमत पार्टीका अजयकुमार यादव, नेपाल जनता दल पार्टीका रामाशिष महतो कोइरी र स्वतन्त्र उम्मेदवारहरू हेतुला मियाँ मन्सुरी, हरिओम साह कानू, राजकुमार कुशवाहा, जज अहमद रहेका छन् ।

क्षेत्र नं ४ को (क)बाट प्रदेशसभामा सत्तारूढ गठबन्धनबाट नेकाका शङ्करप्रसाद चौधरी, जसपा–एमाले गठबन्धनका जयप्रकाश थारू, जनसमाजवादी पार्टीका राजेन्द्रप्रसाद साह, नेपाल मजदूर किसान पार्टीका हाकिम अन्सारी, नेपालको लागि नेपाली पार्टीका रामगोविन्दप्रसाद चौहान, राप्रपा नेपालबाट सन्तकुमार जोशी र स्वतन्त्र उम्मेदवारहरू वीरेन्द्रप्रसाद यादव, जरी लामा, शम्भु महतो थारू रहेका छन् ।

यसैगरी, (ख)बाट प्रदेशसभाबाट सत्तारूढ गठबन्धनका नेकपा माओवादीबाट शेख चाँदतारा, जसपा–एमालेबाट जसपाका सिंहासन साह कलवार, नेपाल सुशासन पार्टीबाट बलिराम यादव, नेपाल जनता दलबाट सेमराउत अहिर, राप्रपाबाट नागा हजरा दुसाध र स्वतन्त्र उम्मेदवारहरू लखु साह तेली, प्रह्लाद साह कानू, हाफिज हवारी, वीरेन्द्र महतो चाई र वीरेन्द्र ठाकुर हजाम रहेका छन् ।

२०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट प्रतिनिधिसभामा लक्ष्मणलाल कर्ण विजयी भएका थिए । सत्तारूढ गठबन्धनसँग लोसपाको गठबन्धन भएपछि कर्ण क्षेत्र नं १ बाट चुनाव लड्दैछन् ।

यसैगरी, प्रदेशसभामा यसअघि जितेका शङ्कर चौधरी र सिंहासन साह कलवार पनि सोही पार्टीबाट उम्मेदवार भएका छन् । संविधानसभाको पहिलो निर्वाचनमा विजयी जयप्रकाश थारू यसपटक प्रदेशसभा सदस्यमा चुनाव लड्दै छन् भने जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालीम मियाँ प्रतिनिधिसभा सदस्यको लागि चुनाव लडिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here