- श्रीमन्नारायण
समान विचारधारा भएका राजनीतिक दलहरूबीच एकीकरण, सहकार्य तथा गठबन्धन हुनुलाई स्वाभाविक नै मानिन्छ । गत वर्ष नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमोर्चालगायत वामपन्थी दलहरूबीच भएको गठबन्धन स्वाभाविक थियो । वाम गठबन्धन नामकरण पनि गरिएको थियो । त्यसैगरी उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच चुनावी गठबन्धन भएको थियो । यसलाई मधेसी गठबन्धन भनिएको थियो । वाम गठबन्धनले देशमा राजनीतिक स्थायित्व ल्याउने र आर्थिक समृद्धिको दिशामा देशलाई बढाउने प्रतिबद्धता गरेको थियो । संविधानमा आवश्यक संशोधन गराई मधेसी समस्याको समाधान गर्ने प्रतिबद्धता मधेसी गठबन्धनले गरेको थियो ।
विगत ५ वर्षमा वाम गठबन्धन टिकेन भने उसले स्थायित्व प्रदान गर्ने कुरा गफ मात्रै साबित भयो । त्यसैगरी सङ्घीय सरकारमा सहभागिताको विषयलाई लिएर विवाद भएपछि मधेसी गठबन्धन पनि ध्वस्त हुन पुग्यो र ८ जिल्लामैं सीमित मधेस प्रदेश सरकारको पनि असामयिक पतन हुन पुग्यो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र केपीशर्मा ओली नेतृत्वको गठबन्धन भनेको गुड (शक्खर) र गोबरको सम्मिश्रण हो । एक कट्टर मधेसी विरोधी र अर्को दिनभरि एमाले र ओलीलाई गाली गर्ने पार्टी सत्ताधारी गठबन्धन पनि १२ मसलाको सम्मिश्रणबाट आएको ते¥हौं प्रकारको स्वाद हो अर्थात् बेस्सरी रूघा लागेको मान्छेले खानाको परिकारको स्वाद ठम्याउन नसकेजस्तै यस गठबन्धनको स्वाद पनि पत्ता लगाउन गा¥हो । आफ्नो जन्म नै सत्ता, पद र कुर्सीका लागि भएको भन्ठान्नेहरूले येन केन प्रकारेण चुनाव जित्न गठबन्धन गरेका छन् । यसको आयु न हिजो थियो, न आज छ र न भोलि नै रहने छ, किनभने यो निहित स्वार्थपूर्तिका लागि गरिएको सहयात्रा हो ।
यो चुनावमा र चुनाव भएलगत्तै भत्किन बेर लाग्ने छैन । यो गठबन्धन जनताका हितका लागि होइन पदलोलुपहरूको स्वार्थपूर्तिका लागि भएको हो । सत्ताधारी गठबन्धनमा तिनै दलहरू सामेल छन्, जो विगत तीन दशकदेखि देशको राष्ट्रिय राजनीतिको केन्द्रमा रहिआएका छन् । नेपाली काङ्ग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी यसै कित्तामा पर्छन् । विगत १६ वर्षदेखि राष्ट्रिय राजनीतिमा आफूलाई शक्ति–केन्द्र बनाउन सफल नेकपा माओवादी केन्द्र पनि यसैभित्र पर्छ । राजनीतिक पार्टीको खरीद–बिक्री र गठन–विगठन गर्दै यहाँसम्म आएको लोसपा पनि सत्ताकै लागि जन्मिएको पार्टी हो । कहिले ओली दरबार त कहिले बालुवाटार चहार्ने लोसपाका नेताहरू अन्ततः जसपाको बहिर्गमनपछि सत्ताधारी गठबन्धनको शरण लागेका छन् । त्यसैगरी वर्षौदेखि ओली र नेकपा एमालेलाई मधेसीको शत्रुको रूपमा परिभाषित गरेको जसपाले ओलीको संरक्ष्Fण र अभिभावकत्व पाउनुलाई गर्वको विषय ठानिरहेको छ ।
केही वर्ष अघि मात्रै सप्तरीको मलेठ घटनामा ओलीलगायत तिनका समूहका नेताहरूलाई दोषी ठह¥याई कारबाईको माग गरेको मधेस प्रदेश सरकारले (जसपा सरकारले) ओलीलाई आफ्नो गठबन्धनको नेता ठान्नु अविश्वसनीय र दुर्भाग्यपूर्ण यथार्थ हो । एमालेसितको यस गठबन्धनले के पनि साबित गरेको छ कि उपेन्द्र यादव नेतृत्वको पार्टीको अहिलेसम्मको कथित आन्दोलन सत्तासम्म पुग्ने एउटा भ¥याङ मात्रै थियो । नेकपा एमालेले जसपालाई आफ्नो आलिङ्गनमा लिनु वात्सल्य प्रेम हो कि धृतराष्ट्र आलिङ्गन हो । त्यो त चुनावको परिणामले नै देखाउने छ, तर तत्कालको निम्ति नेकपा एमालेको कथित राष्ट्रवादको नीति पनि सङ्कीर्णतामा आधारित साबित भएको छ । अब मधेस आन्दोलनताका सीमा नाका बन्दको अध्यायले पनि वैधानिकता प्राप्त गरेको छ भने नेकपा एमाले पनि अब मधेसी विरोधी पार्टी रहेन । अब मलेठको शहीद मञ्चबाट केपीशर्मा ओली, उपेन्द्र यादव, सत्यनारायण मण्डल र लालबाबूराउत गद्दीले संयुक्तरूपमा मलेठ घटना र मधेस आन्दोलनका शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नेछन् । मधेस आन्दोलनताका नेकपा एमालेका नेताहरूले व्यक्त गरेका शब्दहरू अब उपेन्द्र यादव र तिनका पार्टीका निम्ति आशीर्वचन साबित भइरहेको छ । त्यसैगरी मधेस आन्दोलनताका एमाले र तिनका नेताहरूमाथि लगाइएका सबै आरोप पनि सत्य नै साबित भएको छ ।
महन्थ ठाकुर र राजेन्द्र महतोको बोलीको कुनै अर्थ हुँदैन, न यिनीहरूको कुनै राजनीतिक अडान नै छ । आफ्नो स्वविवेकले न यिनीहरू कुनै निर्णय लिन्छन्, न कुनै कुरा बोल्छन् । केही सीमित र स्वार्थी सल्लाहकारबाट घेरिएका यी नेताहरू पनि उपेन्द्र यादवजस्तै मधेसको निम्ति एउटा समस्या नै भएका छन् । पूर्ण पक्षघात भएका ग¥हौं शरीर भएका बुजुर्गको स्याहार सुसार गर्न जति समस्या हुन्छ त्यति नै समस्या अहिले कथितरूपमा आफूलाई मसिहा ठानिरहेका मधेसी नेताहरूको शारीरिक उपस्थितिले मधेसलाई भइरहेको छ । मधेसका युवा र किसानको भविष्यबारे यिनीसित कुनै नीति छैन । आर्थिक नीतिबारे भिजन छैन । उद्योगीकरणबारे अलिकति पनि सोच्ने फुर्सद देखिएन । ५ वर्षसम्म सरकार चलाउनु मात्रै उपलब्धि होइन । सरकारले जनताको हितमा कति काम ग¥यो त्यस कुराको महŒव हुन्छ । कागजमा जथाभावी आयोगहरू गठन भए तर त्यसबाट न कुनै पूर्वाधार विकास भएको छ, न व्यापक रूपमा गृहकार्य नै भएको छ । आयोगका पदाधिकारीहरू केवल तलब र भत्ता बुझ्न सफल भएका छन् । यस चुनावमा मधेसी दलहरूसित कुनै राजनीतिक मुद्दा देखिएको छैन । शायद त्यही भएर होला यिनीहरू मधेसी गठधबन्धनको नाममा ५ वर्ष अघि चुनाव त जितेका थिए तर ५ वर्षसम्म सरकार चलाउन सकेनन् । मधेसी गठबन्धनलाई एकीकृत मधेसी दल बनाउने प्रयास त गरे, तर न दल नै बनाउन सके, न गठबन्धन नै जोगाउन सके ।
वाम गठबन्धनको अवस्था पनि मधेसी दलभन्दा फरक देखिएन । ५ वर्षसम्म राजनीतिक स्थायित्व प्रदान गर्ने घोषणा गरेको वाम गठबन्धनले न देशमा राजनीतिक स्थायित्व प्रदान ग¥यो, न आर्थिक समृद्धि नै ल्यायो । वाम गठबन्धन पनि ध्वस्त पा¥यो । पार्टी एकीकरण गर्ने प्रयास नभएको होइन, तर पार्टी एकीकरणपश्चात् बनेको नेकपा त झन् जन्मजात दीर्घरोगी साबित भयो । एकीकृत वामपन्थी पार्टी त टाढाको कुरा, पुरानो वामपन्थी गठबन्धन पनि रहेन । वाम गठबन्धनको नाममा नेपाली जनताले गरेको मतदानको उपेक्षा गर्ने काम भयो । जनादेशको जति ठूलो अपमान नेपालको राजनीतिमा हुने गर्दछ त्यति विश्व राजनीतिमा अरू कहीं भएको पाइँदैन । चुनावको बेला हुने गठबन्धन चुनावपश्चात् पनि अस्तित्वमा रहन्छ भन्ने यकीन छैन ।